यूकेमा आतङ्कवादी हमलाको जोखिम ‘सम्भावित’ को तहबाट बढाएर ‘गम्भीर’ तहमा

तस्बिर स्रोत, AFP
यूकेमा आतङ्कवादी हमलाको जोखिमलाई "सम्भावित"को तहबाट बढाएर "गम्भीर" तहमा पुर्याइँदैछ।
अस्ट्रियाको भिएनामा सोमवार चार जनाको ज्यान जाने गरी गरिएको एउटा सन्दिग्ध "इस्लामवादी आतङ्कवादी" हमलापछि यूकेले पछिल्लो कदम चालेको हो।
ज्वाइन्ट टेरोरिज्म एनालिसिस सेन्टरले खतराको तहबारे लेखाजोखा गरेको हो।
त्यो यूकेको एक गुप्तचर निकाय एमआई फाइभको एउटा हिस्सा हो। उक्त सेन्टरले स्वतन्त्र रूपमा सरकारलाई सुझाव दिने गर्छ।
सजग
ब्रिटिश गृहमन्त्री प्रीति पटेलले यो "एउटा पूर्वसावधानीको कदम भएको र कुनै निश्चित खतरामा आधारित नभएको" बताएकी छन्।
"मैले पहिल्यै भनिसकेकी छु कि हामीले आतङ्कवादबाट वास्तविक र गम्भीर खतरा झेलिरहेका छौँ।"
"म मानिसहरूलाई सजग रहन र कुनै शङ्कास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह गर्छु," उनले भनि्।
गत हप्ता फ्रान्सको निस शहरमा गरिएको चक्कु आक्रमणमा तीन जनाले ज्यान गुमाएका थिए।




















