बीबीसी न्यूज नेपालीको परिचय
बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जुन ७ तारिखमा सुरु भएको हो।
ब्रिटेनमा सुरु भएको प्रसारणमा तत्कालीन विद्यार्थी पुरन अग्रवाल नेपाली सेवाको पहिलो प्रस्तोता थिए।
बीबीसी नेपाली सेवाको कार्यक्रम रेडिओमा शनिवार र आइतवार बाहेक हप्ताको पाँच दिन बेलुकीको पौने नौ बजे १५ मिनेट नेपालका झन्डै ३५० वटा एफएमका फ्रिक्वेन्सीहरुमा प्रसारण हुँदै आएको छ।
बीबीसी न्यूज नेपालीको इतिहास
सुरुका वर्षहरूमा नेपाली सेवा लन्डनमा पढ्न या तालिम लिन गएका नेपालीहरूबाट सञ्चालन हुने गर्दथ्यो।
त्यतिबेला साप्ताहिक समाचार तथा घटना समीक्षाको रूपमा प्रसारित नेपाली कार्यक्रमको मुख्य श्रोता हङ्कङमा कार्यरत ब्रिटिश गोर्खा सैनिकहरू हुन्थे।
सन् १९६९ मै त्यतिबेला 'रेडिओ नेपाल'मा कार्यरत तथा चलचित्र निर्माण अध्ययन गर्न लन्डन पुगेका यादव खरेल पनि संलग्न भए। तर खरेलले अध्ययन पूरा भएपछि काठमाण्डू फर्किने निर्णय लिए। नेपाली सेवा प्रसारणको जिम्मा सन् १९७१ मा मणि राणाले लिए।
नेपाली सेवाको सम्पादकीय तथा व्यवस्थापकीय नेतृत्व खगेन्द्र नेपाली र रवीन्द्र मिश्रले लिइसकेका छन्। बीबीसी न्यूज नेपालीको महत्त्वपूर्ण मितिहरू यहाँ हेर्नुहोस्।
बीबीसी नेपाली सेवा रेडिओका साथसाथै डिजिटल माध्यमहरूमा पनि उपलब्ध छ।
बीबीसी नेपाली सेवाको डिजिटल सामग्रीहरू उपलब्ध हुने वेबसाइटः https://bbc.com.im/nepali%3C/a%3E%3C/p%3E%3C/div%3E%3Cdiv dir="ltr" class="css-1k9op6x e17x9cvu0">
इन्स्टाग्राम पेजः https://www.instagram.com/bbcnewsnepali/
एक्स पेजः https://x.com/bbcnepali/
यूट्यूब पेजः https://www.youtube.com/@BBCNepali
पडकास्ट पेजः https://bbc.com.im/nepali/podcasts/p02pc9w3%3C/a%3E%3C/p%3E%3C/div%3E%3Cdiv dir="ltr" class="css-1k9op6x e17x9cvu0">
बीबीसी न्यूज नेपाली परिवार
- सम्पादक: जितेन्द्र राउत
- वरिष्ठ पत्रकार: रमा पराजुली (योजना), केशव कोइराला (मल्टिमिडिया), दिवाकर प्याकुरेल (डिजिटल)
- पत्रकार: शरद केसी, सञ्जय ढकाल, फणीन्द्र दाहाल, गनी अन्सारी, विनिता दाहाल, प्रदीप बस्याल, विष्णु पोखरेल, अशोक दाहाल, पवन पौडेल
- भिडियो पत्रकार: सृजना श्रेष्ठ, कमल परियार र विजय गजमेर
- कार्यालय व्यवस्थापक: श्रद्धा सापकोटा
- बिजिनेस डेभलप्मन्ट : डली साह
- प्राविधिक: प्रकाश घिमिरे
- कार्यालय सहयोगी: दीपक लुइँटेल
- महिला मामिला समाचारदाता: मतिना त्वानाबासु
- खेलकुद समाचारदाता: निरञ्जन राजवंशी
- समाचारदाता: सीता निरौला (ताप्लेजुङ), विक्रम निरौला (विराटनगर), वृजकुमार यादव (जनकपुर), ईश्वर जोशी (नारायणगढ), नारायण कार्की (पोखरा), माधव नेपाल (बुटवल), कृष्णमाया उपाध्याय (जुम्ला), माधुरी महतो (वीरगन्ज), शक्तिमाया तामाङ् (नुवाकोट), विमला चौधरी (नेपालगञ्ज), प्रकाश पन्त (सुर्खेत), प्रकाश पार्की (डडेल्धुरा) र हिक्मत रावल (धनगढी)।





















