यो साताका उत्कृष्ट तस्बिरहरूमा ह्वाइट हाउसदेखि नेपालसम्म

Published

यो साता विश्वका विभिन्न स्थानमा खिचिएका महत्त्वपूर्ण घटनासँग सम्बन्धित केही तस्बिरहरू।

रिपब्लिकन पार्टीले राष्ट्रपतीय निर्वाचनका लागि उम्मदेवार मनोनयन गरेको स्वीकार गरेपछि डोनल्ड ट्रम्प आफ्नो परिवारका सदस्यहरूसँग ह्वाइट हाउसमा

तस्बिर स्रोत, CARLOS BARRIA/Reuters

तस्बिरको क्याप्शन, रिपब्लिकन पार्टीले राष्ट्रपतीय निर्वाचनका लागि उम्मदेवार मनोनयन गरेको स्वीकार गरेपछि डोनल्ड ट्रम्प आफ्नो परिवारका सदस्यहरूसँग ह्वाइट हाउसमा
समुद्री आँधी लोराका कारण क्षति पुगेको आफ्नो पसलमा सामान हेर्दै अमेरिकाको लुईजीयाना राज्यमा एक व्यक्ति

तस्बिर स्रोत, ELIJAH NOUVELAGE/Reuters

तस्बिरको क्याप्शन, समुद्री आँधी लोराका कारण क्षति पुगेको आफ्नो पसलमा सामान हेर्दै अमेरिकाको लुईजीयाना राज्यमा एक व्यक्ति
फ्रान्सिस नामक आँधीका कारण आएको छाल वेल्सस्थित एउटा बन्दरगाहको भित्तामा ठोकिँदै। उक्त आँधी बाढी आयो तथा बिजुली आपूर्ति अवरुद्ध भयो।

तस्बिर स्रोत, MATTHEW HORWOOD/Getty Images

तस्बिरको क्याप्शन, फ्रान्सिस नामक आँधीका कारण आएको छाल वेल्सस्थित एउटा बन्दरगाहको भित्तामा ठोकिँदै। उक्त आँधीका कारण बिजुली आपूर्ति अवरुद्ध भएको थियो
अमेरिकाको विस्कन्सिन राज्यस्थित केनोशा नगरमा एउटा सरकारी कार्यालयमा जलाइएको अमेरिकाको झण्डा। एक अश्वेत व्यक्तिलाई प्रहरीले गोली हानेपछि अमेरिकाका केही स्थानहरू फेरि अशान्त भएका छन्।

तस्बिर स्रोत, SCOTT OLSON/Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाको विस्कन्सिन राज्यस्थित केनोशा नगरमा एउटा सरकारी कार्यालयमा जलाइएको अमेरिकाको झण्डा। एक अश्वेत व्यक्तिलाई प्रहरीले गोली हानेपछि अमेरिकाका केही स्थानहरू फेरि अशान्त भएका छन्
जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेका छन्। आगामी वर्षसम्म रहेको आफ्नो पदावधि पूरा गर्न नसकेकोमा उनले क्षमायाचना गरेका छन्।

तस्बिर स्रोत, FRANCK ROBICHON/Pool via REUTERS

तस्बिरको क्याप्शन, जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेका छन्। आगामी वर्षसम्म रहेको आफ्नो पदावधि पूरा गर्न नसकेकोमा उनले क्षमायाचना गरेका छन्
मेक्सिको सहरमा एउटा घर निर्मलीकरण गर्दै सरकारी कर्मचारी। कोरोनाभाइरस सङ्क्रमणबाट मेक्सिकोमा ज्यान गुमाउनेहरूको सङ्ख्या ६२ हजार नाघेको छ र उक्त मुलुक मृतकको सङ्ख्याका हिसाबले तेस्रो स्थानमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

तस्बिर स्रोत, ALFREDO ESTRELLA/AFP

तस्बिरको क्याप्शन, मेक्सिको सहरमा एउटा घर निर्मलीकरण गर्दै सरकारी कर्मचारी। कोरोनाभाइरस सङ्क्रमणबाट मेक्सिकोमा ज्यान गुमाउनेहरूको सङ्ख्या ६२ हजार नाघेको छ र उक्त मुलुक मृतकको सङ्ख्याका हिसाबले तेस्रो स्थानमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ
चेक गणतन्त्रको राजधानी प्रागमा एक्रोव्याटीक प्रदर्शन देखाउँदै एक कलाकार।

तस्बिर स्रोत, GABRIEL KUCHTA/Getty Images

तस्बिरको क्याप्शन, चेक गणतन्त्रको राजधानी प्रागमा प्रदर्शन गर्दै एक कलाकार
सामान्यतया मध्य र दक्षिण अमेरिका का उष्ण वनमा पाइने स्क्वेरल मङ्कीको जेडएसएल लन्डन चिडियाघरमा तौल लिइँदै। त्यहाँ वार्षिक रूपमा जनावरहरूको शारीरिक विवरण लिइन्छ।

तस्बिर स्रोत, KIRSTY O'CONNOR/PA Media

तस्बिरको क्याप्शन, सामान्यतया मध्य र दक्षिण अमेरिकाका उष्ण वनमा पाइने स्क्वेरल मङ्कीको जेडएसएल लन्डन चिडियाघरमा तौल लिइँदै। त्यहाँ वार्षिक रूपमा जनावरहरूको शारीरिक विवरण लिइन्छ
स्कटल्यान्डको इतिहासमा निकै प्रख्यात मानिने दस्ताबेज मध्य एक आरब्रोअथ घोषणाको ७००औ वर्षगाँठका अवसरमा एक जना कलाकार। पोप जोनलाई पठाइएको गोप्य पत्रमा दशकौँ सम्म चलेको इङ्गल्यान्डसँगको स्वतन्त्रताको युद्ध समाप्त गर्नका लागि मदद मागिएको थियो।

तस्बिर स्रोत, JANE BARLOW/PA Media

तस्बिरको क्याप्शन, स्कटल्यान्डको इतिहासमा निकै प्रख्यात मानिने दस्तावेजमध्ये एक आरब्रोअथ घोषणाको ७०० औँ वर्षगाँठका अवसरमा एक जना कलाकार। पोप जोनलाई पठाइएको गोप्य पत्रमा दशकौँसम्म चलेको इङ्गल्यान्डसँगको स्वतन्त्रताको युद्ध समाप्त गर्नका लागि सहयोग मागिएको थियो
यूकेस्थित ग्रेट नर्थ सङ्ग्रहालयमा टीरान्नोसरस रेक्सको (Tyrannosaurus Rex)कङ्कालको प्रतिकृति सफा गरिँदै। कोरोनाभाइरस महामारीका कारण बन्द सङ्ग्रहालय सेप्टेम्बर १ तारिखबाट खुल्दै छ।

तस्बिर स्रोत, OWEN HUMPHREYS/PA Media

तस्बिरको क्याप्शन, यूकेस्थित ग्रेट नर्थ सङ्ग्रहालयमा टाइरान्नोसरस रेक्सको कङ्कालको प्रतिकृति सफा गरिँदै। कोरोनाभाइरस महामारीका कारण बन्द सङ्ग्रहालय सेप्टेम्बर १ तारिखबाट खुल्दै छ
शे फोक्सुण्डो

तस्बिर स्रोत, Hemant KC/RSS

तस्बिरको क्याप्शन, शे फोक्सुण्डोस्थित सालदाङ गाउँ, डोल्पामा कम चिसो होस् भनि माटोले निर्माण गरिएका एकतले घर

सबै तस्बिरको सर्वाधिकार सुरक्षित।