जोनसनको जुवाले जितेको छ तर अगाडि चुनौतीहरू छन्

बोरिस जोनसन

तस्बिर स्रोत, European Photopress Agency

    • Author, लउरा क्यून्सबर्ग
    • Role, बीबीसी, राजनीतिक मामिला सम्पादक
  • Published

सन् २०१७ को जित भन्दा राम्रो होस भन्ने टोरी अर्थात् कर्न्जर्भेटिभहरूको चाहनाबीच परिणाम त्यस्तै आयो।

समय बित्दै जाँदा रातो निलोमा परिणत भयो, चिनिएका अनुहारहरू उनीहरूका ठाउँबाट विस्थापित हुन बाध्य भए।

बोरिस जोनसनले कन्जर्भेटिभहरूलाई भोट हाल्नु भनेको अपराध हो भन्ने जस्तो लाग्ने शहर र समुदायबाटै जित्न सक्ने अपेक्षामा जुवाको दाउ थापे। र उनले जिते।

कन्जर्भेटिभहरूले पाएको बहुमतको देशमाथि तत्काल असर पर्नेछ- केही अनौठो कुरा भएन भने अर्को महिना ब्रिटेन इयूबाट बाहिरिनेछ- किनभने बोरिस जोनसनका पछाडिका हरिया बेन्चहरूमा नयाँ टोरी सांसद्हरू हुनेछन् जसले उनको ब्रेक्जिट विधेयकमाथि मतदान गर्नेछन्। उनीसँग कुनै पनि विपक्षलाई जित्न सक्नेगरी बलियो बहुमत छ।

दीर्घकालीन सम्बन्धबारे वर्षौँसम्म तर्कवितर्क चलिरहन सक्छ तर चार दशकदेखि जोडिएको एउटा समूहसँग अब ब्रिटेन रहनेछैन। तर ब्रेक्जिट कम्तिमा भाग एक- उनकै नारा प्रयोग गर्दा- सम्पन्न हुनेछ।

बोरिस र कोर्बिन
तस्बिरको क्याप्शन, बोरिस जोन्सन र जेरेमी कोर्बिन राजनीतिक प्रतिस्पर्धामा थिए

त्यसबाहेक टोरीको बहुमतले जोनसनको सुधार गर्ने क्षमतालाई दिशानिर्देश गर्न सक्छ।

उनले थरिथरिका विपक्षीहरूको सामना गर्नुपर्नेछ- त्यो स्पष्ट छ।

जेरेमी कोर्बिनको बहिर्गमन निश्चित छ, समय मात्रै निर्णय हुन बाँकी छ। तर लेबरको भावी दिशा अहिले नै तीक्त विवादको विषय बनेको छ।

तर हारको कारण र परिवर्तनको योजना बनाउँदैमा महिनौँ लाग्नेछ।

लीबडेमहरूले आफ्नै नेता पनि हारेर पनि निराशा हात पारेका छन्। डीयूपीका निजेल डड्स हारेका छन्। यो निर्वाचनमा राजनीतिक समूहमा पनि बृहत् परिवर्तन देखिएको छ।

टोरी र लेबर

तस्बिर स्रोत, PA Media

तर मुलुकले वर्षौँदेखि नपाएको बहुमत प्राप्त गरेको भएपनि जोनसनले के सामना गर्नुपर्नेछ भन्ने कुरा स्पष्ट छैन।

शहर र नगरमा, स्कटल्यान्ड र इङल्यान्डमा र राजनीतिक पुस्ताबीच पनि ठूलो भिन्नता छ।

सर्वसाधारणले जोनसनलाई ठूलो राजनीतिक शक्ति प्रदान गरेका छन्।

अब अगाडि के हुन्छ भन्ने चाहिँ उनले त्यसलाई प्रयोग गर्नुपर्नेछ र सही रूपमा प्रयोग गर्नुपर्नेछ।