युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. टाइम म्यागजीनको कभरमा जेलिन्स्कीको भनाइ

    धेरै युक्रेनीहरूले टाइम म्यागजीनको कभरमा सामाजिक सञ्जालमा शेअर गरिरहेका छन्।

    उक्त म्यागजीनले युक्रेन र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीप्रति सम्मान व्यक्त गर्न पृष्ठभूमिमा युक्रेनको झण्डा राखेर उनको उक्ति युक्रेनी भाषामा छापेको छ।

    मङ्गलवार ईयूको संसद्‌मा सम्बोधन गर्दै उनले भनेका थिएः जीवनले मृत्युमाथि विजय पाउनेछ, अनि प्रकाशले अन्धकारमाथि विजय पाउनेछ।

    अमेरिकाबाट प्रकाशित हुने उक्त म्यागजीनले आफ्नो मुख्य सामग्रीमा रुसी अतिक्रमण सुरु भएपछि किएभमै बसेर जेलेन्स्कीले "इतिहास फेरिदिएको" लेखेको छ।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  2. पुटिनको गृहनगरमा व्यापक गिरफ्तारीबीच युद्धविरोधी प्रदर्शन

    प्रदर्शनकारी

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, “हतियार बिसाइदेऊ सेना, तिमी वास्तविक नायक हुनेछौ” भन्ने सन्देश लेखिएको प्लेकार्ड बोकेकी वृद्धालाई सुरक्षा दिँदै अधिकारीहरू

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा ठूलो धरपकडबीच युक्रेनमाथि अतिक्रमणको विरोधमा फेरि सुरु भएको छ।

    अघिल्ला दिनहरूमा जस्तै प्रदर्शनकारीहरूले ठूलो सङ्ख्यामा प्रहरी उपस्थितिको सामना गरेका छन्।

    दङ्गाविरोधी अधिकारीहरूले हिंसात्मक ढङ्गले प्रदर्शनकारीलाई तितरबितर पारेका छन् भने कैयौँलाई पक्राउ गरेका छन्।

    पछिल्ला केही दिनयता सयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

    जेलमा रहेका पुटिनका आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध दैनिक प्रदर्शन गर्न आह्वान गरेपछि प्रदर्शनहरू सुरु भएका हुन्।

    भेस्ट

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, सञ्चारकर्मको भेस्ट लगाएका एक व्यक्तिलाई पक्राउ गर्दै प्रहरीहरू
    प्रदर्शनकारी

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, पक्राउ परेपछि रोइरहेकी एक प्रदर्शनकारी
    एक प्रदर्शनकारी

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, हत्केलामा कोरिएको शान्तिको चिह्न देखाउँदै एक प्रदर्शनकारी
    कानुन कार्यान्वयन

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, एक प्रदर्शनकारीलाई पक्राउ गर्दै सुरक्षाकर्मीहरू
  3. भारतीय विद्यार्थीलाई युक्रेनमा बन्धक बनाइएको रुसी दाबी दिल्लीद्वारा खण्डन

    विद्यार्थी

    तस्बिर स्रोत, Getty Images

    भारत सकारले युक्रेनमा भारतीय विद्यार्थीहरूलाई बन्धक बनाइएको रुसी दाबीलाई अस्वीकार गरेको छ।

    युक्रेनी फौजले “रक्षाकवचका रूपमा भारतीय नागरिकलाई प्रयोग गरिरहेको” र उनीहरूलाई रुसी भूभागमा “छिर्न रोकिरहेको” दाबी रुसले गरेको थियो।

    तर बिहीवार एउटा वक्तव्य जारी गर्दै भारतीय विदेश मन्त्रालयले “युक्रेनमा भारतीय विद्यार्थीलाई बन्धक बनाइएको कुनै रिपोर्ट नपाएको” जनाएको छ।

    हजारौँको सङ्ख्यामा भारतीय विद्यार्थीहरू अझै खार्किभमा फसेको ठानिएको छ।

    त्यहाँ रुसी आक्रमणमा परेर मङ्गलवार एक भारतीय विद्यार्थीको मृत्यु भएको थियो।

    भारतले आफ्ना नागरिकलाई फिर्ता गर्न एउटा अभियान सञ्चालन गरेको भए पनि त्यसमा अवरोध सिर्जना भएको छ।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  4. रुसी अतिक्रमणबीच युक्रेनको ताजा अवस्था के छ?

    ताजा अवस्था

    तस्बिर स्रोत, Getty Images

    रुसले युक्रेनमाथि हमला गरेको बिहीवार आठौँ दिन भएको छ। तपाईँ भर्खर हामीसँग जोडिँदै हुनुहुन्छ भने त्यहाँको पछिल्लो अवस्थाबारे थाहा पाउनुहोस्:

    • रुसी फौजले दक्षिणी बन्दरगाह सहर खेअर्सनलाई नियन्त्रणमा लिएको स्थानीय अधिकारी बताएका छन्। रुसी अतिक्रमणयता पहिलो महत्त्वपूर्ण सहर रुसको नियन्त्रणमा गएको छ
    • गत केही घण्टाभित्र राजधानी किएभ र अरू सहरहरू ठूल्ठूला विस्फोटले हल्लिएका छन्,किएभको आकाशमा आगोको विशाल लप्का फुटेजमा देखिन्छ
    • किएभका लागि हिँडेका सयौँ रुसी बख्तरबन्द गाडीहरू इन्धन र सेनाका लागि खानेकुराको अभावका कारण अगाडि बढ्न नसकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ
    • अबेर राति एउटा भिडिओमार्फत्‌ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मुलुकको रक्षामा लागेको भन्दै नागरिकहरूको साहसको प्रशंसा गरेका छन्
    • द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा सम्भावित युद्ध अपराधबारे अनुसन्धान थालेको छ
    • रुसी अतिक्रमणयता युक्रेनबाट १० लाखभन्दा बढी मानिस भागेको राष्ट्रसङ्घले जनाएको छ
    • रुसले आफ्नो सेनातर्फ भएको क्षति पहिलो पटक विवरण दिँदै ४९८ सैनिक मारिएका र १,५९७ जना घाइते भएको जनाएको छ
  5. किएभतिर अघि बढेको रुसी सेनाका गाडीको विशाल लस्कर कहाँ पुग्यो

    लस्कर

    तस्बिर स्रोत, Maxar

    सयौँ रुसी बख्तरबन्द गाडीहरू अहिले अगाडि बढ्न नसकेको अवस्थामा रहेको अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले बताएका छन्।

    “हाम्रो उत्कृष्ट आकलनअनुसार गत २४ देखि ३६ घण्टामा तिनीहरूले कुनै उल्लेख्य गति लिन सकेका छैनन्,” किर्बीले बुधवार पेन्टागनको प्रेस ब्रिफीङमा भने।

    उनका अनुसार रुसी सैनिकहरू “पुनः समूह बनाउन थालेकाले अथवा प्रगतिको समीक्षा गर्न र खेर गएको समयको क्षतिपूर्ति कसरी गर्ने भन्नेमा लागेकाले” उनीहरूलाई ढिलो भएको हुनसक्छ।

    बन्दोबस्तीसम्बन्धी र निरन्तरता दिन नसक्ने चुनौती तथा युक्रेनी सेनाको प्रतिरोधका कारण पनि रुसी लस्कर अगाडि बढ्न ढिलो भएको हुनसक्ने किर्बीले बताएका छन्।

    अपुष्ट रिपोर्टहरूले सङ्केत गरेअनुसार रुसी सेनाले इन्धन र खानेकुराको अभाव झेलिरहेका छन्।

  6. चेल्सी बेचेर युक्रेनका युद्धपीडितलाई सहयोग गर्ने मालिकको घोषणा

  7. युक्रेनको कति भूभाग रुसको नियन्त्रणमा?

    युक्रेन-रुस युद्ध सुरु भएको आज आठौँ दिन हो।

    अहिलेसम्म रुसले युक्रेनको कति भूभागमा कसरी आक्रमण गरेको र कति क्षेत्रमा नियन्त्रण कायम गरेको छ?

    युक्रेनको कति भूभाग रुसको नियन्त्रणमा?
    युक्रेनको कति भूभाग रुसको नियन्त्रणमा?
    युक्रेनको कति भूभाग रुसको नियन्त्रणमा?
    युक्रेनको कति भूभाग रुसको नियन्त्रणमा?
  8. किएभवासीलाई सुरक्षित निकास दिने रुसी फौजको प्रस्ताव

    निकास

    तस्बिर स्रोत, Getty Images

    रुसी फौजले किएभवासीलाई भासिल्किभ सहरतर्फको दिशामा सुरक्षित रूपमा जान दिने मस्कोस्थित अधिकारीहरूले बताएका छन्।

    रुसी रक्षा मन्त्रालयका एक प्रवक्ता मेजर जेनरल इगोर कोनाशेन्कोभले अतिक्रमणबारे टेलिभिजनमार्फत्‌ पछिल्लो विवरण दिँदै सुरक्षित निकासबारे प्रस्ताव गरेका हुन्।

    “गैरसैनिकहरूलाई निस्किन दिनका लागि रुसी फौजको तर्फबाट कुनै बाधाअवरोध हुनेछैन,” कोनाशेन्कोभलेभने।

    तर एक साताअघि रुसले अतिक्रमण थालेयता भासिल्किभ भीषण गोलाबारीबाट प्रभावित भएको छ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार झन्डै १० लाख मानिसले युक्रेन छोडिसकेका छन्।

  9. युक्रेनी नागरिकले रुसी फौजलाई यसरी प्रतिरोध गरिरहेका छन्

    यो X पोस्ट छोड्नुहोस्, 1
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 1

    रुसले युक्रेनमाथि गरेको पूर्ण स्तरको अतिक्रमण गरेको सात दिन पूरा भएको छ। आज रुसी आक्रमणको आठौँ दिन हो।

    रुसी सैनिकहरू अगाडि बढिरहँदा युक्रेनी नागरिकहरूले सशक्त प्रतिरोध गरिरहेका छन्।

    तलको फुटेजलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गरेको छ।

    दक्षिणी सहर एनर्होदारका बासिन्दाहरू रुसी सेनालाई धपाउने प्रयासमा स्थानीय ऊर्जा केन्द्रअगाडि लागिपरेको देखिन्छ।

    “हामी युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्रमा उनीहरूलाई छिर्न दिँदैनौँ,” नदेखिने एक क्यामरापर्सन बोलेको सुनिन्छ।

    जापरीजाया क्षेत्रमा रुसी सैनिकहरू पछाडि हटिरहेको ड्रोन फुटेजमा देखिन्छ।

    भिडिओ पोस्ट गरेको खाताले रुसी सैनिकहरूलाई “फर्किन बाध्य पारिएको” लेखिएको छ।

    यो X पोस्ट छोड्नुहोस्, 2
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 2

  10. ‘युद्धबन्दी छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना

  11. राष्ट्रसङ्घमा नेपालसहित अधिकांश राष्ट्रले गरे रुसी अतिक्रमणको विरोध

    मतदान

    तस्बिर स्रोत, Reuters

    संयुक्त राष्ट्रसङ्घमा भएको एउटा मतदानमा अधिकांश सदस्य राष्ट्रले युक्रेनमाथि रुसी अतिक्रमणको विरोधमा मत दिएका छन्।

    अतिक्रमणको निन्दा गर्दै उनीहरूले युक्रेनबाट तत्काल आफ्ना फौज फिर्ता गर्न रुसलाई आग्रह गरेका छन्।

    एउटा विरल सत्रमा दुई दिन चलेको बहसपछि गरिएको मतदानमा विपक्षमा चाहिँ पाँचवटा देश मात्रै उभिए।

    ती देशमा सिरिया र उत्तर कोरियालगायत छन्। मतदान प्रक्रियामा चीन र भारतसहित ३५ वटा देश अनुपस्थित रहे।

  12. रुसमाथि युद्ध अपराधबारे अनुसन्धान हुनेः आईसीसी

    करिम खान

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, आईसीसीका प्रमुख अभियोजनकर्ता करिम खान

    अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युक्रेनमा भएको सम्भावित युद्ध अपराधबारे अनुसन्धान शुरू गर्न लागेको बताएका छन्।

    अनुसन्धान थाल्न ३९ वटा देशबाट आफूलाई अनुरोध प्राप्त भएको भन्दै करिम खानले प्रमाण सङ्कलन गर्ने काम शुरू भइसकेको बताए।

    सदस्य राष्ट्रहरूको सिफारिसँगै अनुसन्धान प्रक्रिया द्रुत गतिमा बढ्न पाउनेछ भने अनुसन्धानका लागि द हेगस्थित अदालतका न्यायाधीशहरूको अनुमोदन आवश्यक पर्नेछैन।

    युद्ध अपराध,मानवताविरुद्धको अपराध र नरसंहारबारे अनुसन्धान गरिनेछ अनि अनुसन्धानको दायरा सन् २०१४ मा रुसले क्राइमियालाई आफूमा गाभेको घटनासम्म पुग्नेछ।

  13. हेर्नुहोस्: ठूलो विस्फोटका कारण अमेरिकी पत्रकारको काममा बाधा

    सीबीएस न्यूज इन्टरन्याश्नलका पत्रकार चार्ली ड्यागटा किएभस्थित एउटा घरको छतबाट प्रत्यक्ष प्रसारणमा सहभागी थिए।

    प्रसारणको बीचमै उक्त शहरमा विस्फोट भयो।

    ती वरिष्ठ पत्रकारले सुरुमा त्यसलाई चट्याङ्ग ठाने।

    त्यसको केही सेकेन्डपछि समाचार सम्प्रेषणमा खटिएको टोली भएको स्थानसम्म विस्फोटको आवाज पुग्यो।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  14. झन्डै ५०० रुसी सैनिकको मृत्युः मस्को

    हताहती

    तस्बिर स्रोत, EPA

    युक्रेनमाथि अतिक्रमणका क्रममा आफ्नो सेनामा भएको क्षतिबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ।

    उसका अनुसार करिब ५०० सैनिकको मृत्यु भएको छ झन्डै १,६०० घाइते भएका छन्।

    तर विश्लेषकहरूले त्यो सङ्ख्या निकै बढी हुनसक्ने बताएका छन्।

    यद्यपि हताहत हुने सैनिकको सङ्ख्याबारे मस्कोले दिएको विवरणबाट रुसी सेनाले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको ठहर छ।

    रुसी सेना

    तस्बिर स्रोत, EPA

  15. युक्रेनी रणनीतिक सहर रुसी कब्जामा

    खेअरसन

    तस्बिर स्रोत, @m1Hussain

    रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको युक्रेनी बन्दरगाह सहर खेअर्सन रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका मेयरले बताएका छन्।

    अतिक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्त्वपूर्ण सहर हो।

    फेसबुकमा एउटा पोस्ट गर्दै खेअर्सनका मेयर इगोर कोलिखाएभले रुसी फौजहरू सहरको सभागृहमा पुगेको बताएका छन्।

  16. दश लाख मानिसले युक्रेन छोडे: संयुक्त राष्ट्रसङ्घ

    शरणार्थी

    संयुक्त राष्ट्रसङ्घले दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा पुगेको जनाएको छ।

    सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेका हुन्। रुसले गत बिहीवार युक्रेनमाथि आक्रमण सुरु गरेको थियो।

    बीबीसीका लुवीस गुडलका अनुसार सन् २०१५मा शरणार्थी सङ्कटका बेला १३ लाख मानिसहरू प्रभावित भएका थिए।

    युक्रेन सङ्कटकाबीच एक साताको अवधिमै शरणार्थी सङ्ख्या उक्त आँकडानजिक पुगिसकेको छ।

    राष्ट्रसङ्घका अधिकारीहरूले युद्धका कारण एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने र उनीहरूलाई सहायताको आवश्यकता पर्ने अनुमान गरेका छन्।

  17. लाइभ पेजमा तपाईँलाई स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि गत बिहीवारबाट सैन्य कारबाही थालेयता मुख्य घटनाक्रमहरूबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामीले महत्त्वपूर्ण घटनाबारे विवरणहरू प्रस्तुत गर्नेछौँ।

    कृपया हामीसँगै रहनुहोला।

  18. रुसद्वारा युक्रेनका महत्त्वपूर्ण निसानाहरूमा आक्रमण तेज

    रुसले युक्रेनमा आक्रमण गरेको सातौँ दिन बुधवार मस्कोले दक्षिणका बन्दरगाह सहरहरू लगायत महत्त्वपूर्ण निसानाहरूमा हमला तेज पारेको छ।

    एक सातायता २ हजार गैरसैनिकको ज्यान गएको युक्रेनले जनाएको छ।

    पूर्वी खार्किभ सहरमा निरन्तर रकेट आक्रमण तथा हवाई हमला भइरहेका छन्।

    ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान कब्जामा लिएको रुसको भनाइ छ। तर त्यसलाई त्यहाँका मेयरले प्रतिवाद गरेका छन्।

    राजधानी किएभतर्फ निरन्तर रुसी फौजको ठूलो डफ्फा अघि बढिरहेको छ।

    युक्रेनसँगको शान्तिवार्ताको दोस्रो चरण सुरु हुने रुसले बताएको छ।

    रुसद्वारा युक्रेनमा गरिएका आक्रमणबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।

    आजका लागि यो लाइभ पेजबाट बिदा चाहन्छौँ। धन्यवाद।

  19. दोस्रो चरणको शान्तिवार्ता हुने रुसको भनाइ

    शान्तिवार्ता

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, सोमवार बेलारुसको गोमेल क्षेत्रमा पहिलो चरणको शान्तिवार्ता भएको थियो

    रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको छ।

    यसअघि युक्रेनी सीमा नजिकै बेलारुसमा भएको पहिलो चरणको वार्ता कुनै समाधान निकाल्न विफल भएको थियो।

    क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन्।

    राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ।

    युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन्।

    उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए।

  20. ‘९ लाख मानिसले युक्रेन छाडिसके’

    रुसी हमलापछि युक्रेन छाड्दै मानिसहरू

    तस्बिर स्रोत, Getty Images

    संयुक्त राष्ट्रसङ्घले रुसी फौजको आक्रमण युक्रेनमा विस्तार भइरहँदा करिब ९ लाख मानिसले युक्रेन छाडेको जनाएको छ।

    पोल्यान्डले युक्रेनमाथि आक्रमण थालिएयता चार लाख ५० हजार युक्रेनीहरू आफ्नो देश प्रवेश गरेको जनाएको छ।

    एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन्।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मानिसहरूको प्रतिरोधी क्षमताको प्रशंसा गरेका छन्।

    उनले रुसले बम र हवाई हमलाबाट आफ्नो देशलाई लिन नसक्ने बताएका छन्।