युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. रुस र युक्रेनबीच शान्तिवार्ता सुरु

    रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा बेलारुसमा छलफल सुरु भएको छ।

    युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ।

    रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताए।शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए।

    उनले ईयूले तत्काल आफ्नो देशलाई सदस्यता देओस् भन्ने माग पनि गरेका थिए।

  2. युक्रेनलाई तत्काल ईयूको सदस्यता दिन जेलेन्स्कीको माग

    जेलेन्स्की

    तस्बिर स्रोत, EPA/UKRAINIAN PRESIDENTIAL PRESS SERVICE HANDOUT

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घ ईयूलाई तत्काल आफ्नो देशलाई सदस्यता दिन आग्रह गरेका छन्।

    "हाम्रो लक्ष्य सबै युरोपेलीसँग सँगै हुनु हो। अनि अझ मत्त्वपूर्ण कुरा त समान अवसर हुने अवस्थामा हुनु हो। म ढुक्क छु यो उचित कुरा हो। म ढुक्क छु यो सम्भव छ," उनले भने।

    एउटा भिडिओ सन्देशमा जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन पनि आग्रह गरेका छन्।

    "आफ्ना उपकरण परित्याग गर। यहाँबाट बाहिर जाऊ। आफ्ना नाइकेलाई विश्वास नगर। आफ्ना प्रचारकलाई विश्वास नगर," उनले भने।

    जेलेन्स्कीले देशको प्रतिरक्षा गर्न कारागारमा रहेका कैदीहरूलाई पनि मुक्त गरिनेछ।

    "हामीले नैतिक रूपमा अलि कठिन एउटा निर्णय गरेका छौँ। तर आफ्नो प्रतिरक्षा गर्ने दृष्टिकोणबाट यो उपयोगी छ," उनले भने।

  3. रुसी विमान लामो आकाशमार्ग प्रयोग गर्न बाध्य

    रुसी विमान लामो आकाशमार्ग प्रयोग गर्न बाध्य

    तस्बिर स्रोत, FlightRadar24.com

    युरोपेली सङ्घ ईयूसँग आबद्ध राष्ट्रहरूले प्रतिबन्ध लगाइदिएकाले रुसी विमानहरू कालिनिन्ग्राडबाट आवतजावत गर्दाबाल्टिक सागरमाथिको लामो आकाशमार्ग प्रयोग गर्न बाध्य भएका छन्।

    झन्डै १५,००० वर्ग किलोमिटर क्षेत्रफल भएको कालिनिन्ग्राड रुसको स्वामित्वमा छ। रुसको मुख्यभूमिभन्दा ३०० किलोमिटर पश्चिममा अवस्थित उक्त स्थान बाल्टिक सागर र ईयूका सदस्य लिथूएनिआ तथा पोल्यान्डको बीचमा छ। लाट्भिया र लिथूएनियाको आकाशबाट सोझै उड्न नपाएपछि रुसी विमानहरू उत्तरवर्ती सेन्ट पिटर्सबर्गतिर गई बाल्टिक सागरको तटतिर उड्न बाध्य छन्। क्यानडाले पनि ब्रिटेन र ईयूले जस्तै रुसी विमानलाई आफ्नो आकाशमा रोक्न प्रतिबन्ध लगाएको छ।

    प्रत्युत्तरमा रुसको राष्ट्रिय ध्वजावाहकले युरोपका सबै स्थानमा आफ्नो उडान रद्द गरेको छ।

  4. शान्तिवार्ताका लागि युक्रेनी अधिकारीको आगमन, अब्दुजालिल अब्दुरासुलोभ, बीबीसी न्यूज, किएभ

    युक्रेन र बेलारुसको सीमामा रुससँग शान्तिवार्ता गर्न युक्रेनी टोली पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

    उनीहरूका अनुसार वार्ताको मुख्य विषय युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेनाको फिर्ती हुनेछ।

    यसअघि बन्दोबस्ती तथा सुरक्षा कारण उक्त वार्ता स्थगित भएको बताइएको थियो।

    युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले वार्ताबाट कुनै उपलब्धि हासिल होला भन्ने आशा नराखेको आइतवार बताएका थिए।

    तर उनले वार्ताका लागि प्रयास गरिनुपर्ने र युक्रेनले युद्ध रोक्ने प्रयास नगरेको आरोप कसैले पनि लगाउनु नहुने बताएका थिए।

  5. झन्डै ५,३०० रुसी सैनिक मारिएको युक्रेनको दाबी

    युक्रेनमा एउटा ट्याङ्क

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, बीबीसीले यी दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन

    युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको सङ्घर्षमा सुरुका चार दिनमा ५,००० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ।

    फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५,३०० सैनिकको ज्यान गएको तथा १९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८१६ वटा वाहन नष्ट पारिएको दाबी गरिएको छ।

    बीबीसीले यी दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

    यद्यपि यूकेको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ।

    रुसी रक्षा मन्त्रालयले आफ्नो पक्षमा पनि क्षति भएको स्वीकारोक्ति गरेको भोलिपल्ट युक्रेनले यस्तो दाबी गरेको हो। तर रुसले आफूतिर भएको मानवीय क्षतिको कुनै विवरण दिएको छैन।

    संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षकहरूले युक्रेनमा भएका सङ्घर्षहरूमा कम्तीमा ९४ जना गैरसैनिक नागरिकको मृत्यु भएको जनाएका छन्।

    राष्ट्रसङ्घका अनुसार रुसी आक्रमणले युक्रेनमा गम्भीर मानवीय समस्या सिर्जना गरेको छ। उसले युद्धमा मर्ने मानिसको सङ्ख्या निकै धेरै भएको हुनसक्ने जनाएको छ।

  6. 'चार लाख मानिसले युक्रेन छोडे'

    संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले ४,२२,००० मानिसहरू युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको जनाएको छ।

    यूएनएचसीआरका अनुसार रेल चढेर देश छोड्न खोज्ने मानिसहरूलाई अवरोध गरिएको विवरण उसले प्राप्त गरेको छ र त्यसबारे अनुसन्धान भइरहेको छ।

    "यूएनएचसीआरले देश छोडेर भाग्ने मानिसलाई शरणार्थी मान्छ," उक्त निकायकी एक प्रवक्ताले भनिन्।

    अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको यूएनएचसीआरले जनाएको छ।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  7. आणविक ऊर्जा केन्द्र कब्जामा लिइएको रुसी दाबी युक्रेनद्वारा खण्डन

    युरोपको सबैभन्दा ठूलो ऊर्जा केन्द्र

    तस्बिर स्रोत, Getty Images

    जापरोज्यास्थित आणविक ऊर्जा केन्द्र कब्जामा लिएको रुसको दाबीलाई युक्रेनी अधिकारीहरूले खण्डन गरेका छन्।

    उक्त आणविक ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो हो।

    युक्रेनको सरकारी आणविक कम्पनी एनर्जोएटमले ऊर्जा केन्द्रबारे रुसले "नितान्त मिथ्या" दाबी गरेको जनाएको छ।

    सोमवार बिहान रुसले आफूले उक्त ऊर्जा केन्द्रलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो।

    रुसी रक्षा मन्त्रालयका मेजर जेनरल इगोर कोनाशेन्कोभले एउटा विज्ञप्तिमा रुसी सैनिकहरूले उक्त ऊर्जा केन्द्र र वरपर पहरा दिइरहेको बताएका थिए।

    रुसी सैनिकहरूले ती स्थानको मर्मत गर्न र रेडिओधर्मी विकिरणको स्थिति नियन्त्रणमा राख्न काम गरिरहेको र स्थिति सामान्य रहेको उनको दाबी थियो।

    यो पनि पढ्नुहोस्

    • युक्रेनमा रुसले कब्जा गरेको परमाणु केन्द्रमा विकिरणको मात्रामा वृद्धि
    • भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश
  8. यूकेले युक्रेनी शरणार्थीलाई आश्रय देला?

    ‍बीबीसी ब्रेकफास्टले यूकेका रक्षामन्त्रीलाई युद्धबाट भागेका युक्रेनी नागरिकलाई सघाउन यूकेले के गर्छ भनेर सोधेको छ।

    उत्तर दिँदै बेन वालेसले द्वन्द्व र यस किसिमको दमन भएका स्थानबाट आएका मानिसप्रति यूके उदार भएको बताए।

    यूकेले पनि युक्रेनी शरणार्थीलाई आश्रय दिने ईयूको निर्णयजस्तै केही गर्छ कि भन्ने जिज्ञासामा उनले उक्त निर्णय हिजो मात्रै लिइएको प्रतिक्रिया दिए।

    सदस्य राष्ट्रहरूले तीन वर्षसम्म युक्रेनी शरणार्थीहरूलाई बिनाभिसा बस्न दिने एकमतले निर्णय हिजो ईयूले गरेको थियो।

    "युक्रेनका मानिसलाई कसरी सघाउन सकिन्छ भन्ने सबै किसिमका सुझावका लागि हामी खुल्ला छौँ," वालेसले भने।

  9. युक्रेन-रुसबीच शान्तिवार्ताको तयारी

    बेलारुस

    तस्बिर स्रोत, Belarus Foreign Ministry

    युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी आज शान्तिवार्ता सुरु हुने जनाइएको छ।

    वार्तामा को-को सहभागी हुन्छन् भन्नेबारे विस्तृत रूपमा खुलाइएको छैन।

    बेलारुसी सरकारी सञ्चारमाध्यमले एउटा पूर्वनिर्धारित वार्तास्थलको तस्बिर छापेको छ।

    दुई पक्षबीच आइतवार नै वार्ता हुने तय भएको थियो। तर बन्दोबस्ती र सुरक्षाको कारणले ढिलो भएको किएभले जनाएको छ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताएका छन्।

  10. धेरै सहरमा हवाई आक्रमण हुनसक्ने चेतावनी

    रुसले आक्रमण गरेको पाँचौ दिन बिहान युक्रेनभरि धेरै सहरमा हवाई आक्रमणको चेतावनी दिन साइरन बजिरहेको छ।

    किएभस्थित बीबीसी संवाददाता जेम्स वोटरहाउसले यसबारे ट्वीट गरेका छन्।

    उनका अनुसार रुसले आफ्ना सैनिकहरू हताहत भएको स्वीकार गरेको भए पनि सङ्ख्या भने नखुलाएको उनले जनाएका छन्।

    यो X पोस्ट छोड्नुहोस्, 1
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 1

    स्थानीय पत्रिका द किएभ इन्डिपेन्डन्टले पनि त्यसबारे जानकारी दिँदै स्थानीयवासीलाई नजिकै रहेको शेल्टरमा जान सुझाव दिएको छ।

    यो X पोस्ट छोड्नुहोस्, 2
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त, 2

  11. रुसद्वारा विदेशी शेअर विक्रीमा प्रतिबन्ध

    रुस

    तस्बिर स्रोत, Getty Images

    रुसको केन्द्रीय ब्याङ्कले सबै विदेशी कानुनी संस्था र व्यक्तिले शेअर तता रुसमा गरिएको अन्य लगानी विक्रीका लागि चालेको कदम रोक्न आदेश दिएको छ।

    पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसमाथि बिस्तारै त्यसको असर देखिन थालेको छ।

    अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा व्यापक गिरावट आएको छ।

    रुसी केन्द्रीय ब्याङ्कले विनिमय तथा मुद्रा बजारबाहेक मस्को शेअर बजार खोल्ने वा नखोल्नेबारे अझै निर्णय गरिसकेको छैन।

  12. किएभमा हट्यो कर्फ्यू

    किएभ

    तस्बिर स्रोत, Getty Images

    युक्रेनको राजधानी किएभमा सप्ताहान्तदेखि लागु गरिएको कर्फ्यू हटाइएको थियो।

    भूमिगत स्थानमा आश्रय लिँदै आएका मानिसहरूलाई स्थानीय समयानुसार बिहान ८ बजेबाट त्यहाँबाट जान दिएको छ।

    अब खाद्यान्न पसलहरू खोल्न पाइनेछ भने सार्वजनिक यातायातका साधनहरू पनि पुनः चल्नेछन्।

    यद्यपि सबवे रेल सेवा पहिलाको तुलनामा निकै कम चल्नेछ।

    अधिकारीहरूका अनुसार राति १० बजेबाट सुरु भई भोलि बिहान ७ बजेसम्म फेरि कर्फ्यू लागु हुनेछ।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  13. बहुराष्ट्रिय कम्पनी बीपीले रुसबाट आफ्नो शेअर लैजाने

    शेअर

    तस्बिर स्रोत, Getty Images

    ब्रिटेनमा अवस्थित बहुराष्ट्रिय कम्पनी बीपीले ठूलो रुसी तेल कम्पनी रोज्नेफ्टमा रहेको आफ्नो करिब २० प्रतिशत शेअर अन्यत्र लैजान लागेको जनाएको छ।

    बीपीका प्रमुख कार्यकारी बेर्नार्ड लुनीले रोज्नेफ्टको बोर्ड निर्देशकहरूको समूहबाट तत्काल लागु हुनेगरी राजीनामा दिएका छन्।

    युक्रेनमाथि रुसले गरेको अतिक्रमणपछि रोज्नेफ्टसँग बीपीले आफ्नो सम्बन्धबारे आधारभूत रूपमा सोच्ने अवस्था निम्त्याएको लुनीले बताएका थिए।

    सन् २०२१ को अन्त्यसम्म रोज्नेफ्टमा बीपीको शेअर मूल्य १४ अर्ब डलर बराबर थियो।

  14. रुसी राष्ट्रपतिले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश

  15. ब्रजिलका राष्ट्रपतिले गरे युक्रेनी राष्ट्रपतिको खिसीटिउरी

    ब्रजिलका दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुले युक्रेनी राष्ट्रपतिको खिसीटिउरी गर्दै युक्रेनका जनताले एउटा हास्यकलाकारको हातमा विश्वास सुम्पेको टिप्पणी गरेका छन्।

    आइतवार एउटा पत्रकार सम्मेलनमा बोलेका बोल्सोनारुले रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरे।

    जारी द्वन्द्वको विषयमा ब्रजिल “तटस्थ” रहेको भन्दै उनले ब्रजिल र रुस “व्यवहारतः दाजुभाइ” भएको बताए।

    “हामी पक्ष लिन्नौँ, हामीले तटस्थतालाई जारी राख्नेछौँ र के सम्भव हुन्छ त्यो सहयोग गर्छौँ,” बोल्सोनारुले भने। “युक्रेनी जनसङ्ख्याको ठूलो हिस्सा रुसी भाषा बोल्छ।”

  16. बेलारुसले रुसलाई सघाउन आफ्नो सेना पठाउनेः रिपोर्ट

    बेलारुस

    तस्बिर स्रोत, Getty Images

    रुसी सेनालाई आधारक्षेत्र प्रदान गरेको बेलारुसले युक्रेनमा गरिएको आक्रमणमा सघाउन अब आफ्नो सेना नै पठाउने तयारी गरिरहेको रिपोर्टहरूमा जनाइएको छ।

    पुष्टिका लागि बीबीसीले ह्वाइट हाउस र पेन्टागनलाई इमेल पठाएको छ।

    द किएभ इन्डिपेन्डन्टले थुप्रै स्रोतलाई उद्धृत गर्दै बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जनाएको छ।

    लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ।

    यसअघि आइतवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना बेलारुसी समकक्षी एलेक्सेन्डर लुकाशेन्कोले आफ्नो फौज नपठाउने प्रतिबद्धता टेलिफोनमार्फत् जनाएको बताएका थिए।

  17. दशौँ लाख बिटकोइन युक्रेन भित्रियो

  18. रुसमाथि पश्चिमा प्रतिबन्धको व्यापक असर

    रुसमा असर

    तस्बिर स्रोत, Getty Images

    पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ।

    अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ।

    युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्यमा पनि वृद्धि भएको छ।

    रुसमा एटीएमबाहिर मानिसहरूको ठूल्ठूला लाइन देखिएका छन्। नगद झिक्न सरकारले सीमा तोक्न सक्ने मानिसहरूमा डर छ।

    युरोपमा रुसी स्वामित्वका ब्याङ्कहरूले काम गर्न बन्द गरिसकेका छन्।

    रुसको केन्द्रीय ब्याङ्कमाथि लगाइएको प्रतिबन्धका कारण करिब ६३० अर्ब डलर विदेशी मुद्रा सञ्चितिलाई उसले प्रयोग गर्न पाउँदैन।

  19. मस्कोले ग्यास आपूर्ति बन्द गर्न सक्ने ईयूको डर

    ऊर्जाका लागि रुसमाथि युरोपेली सङ्घ ईयूको ठूलो निर्भरता छ।

    त्यसबाट मस्कोले पनि टन्न आम्दानी गर्छ र यी कुरालाई अहिलेको सङ्कटबाट अलग राख्न सकिन्न।

    युक्रेनमाथि रुसी अतिक्रमणपछि ब्रसल्सले क्रेम्लिनलक्षित एकपछि अर्को प्रतिबन्ध लगाएको छ।

    सप्ताहान्ततिर ईयूका नेताहरूले रुसी केन्द्रीय ब्याङ्क र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाउनुका साथै अस्त्र किन्ने र युक्रेनलाई पठाउने निर्णय गरेका छन्।

    रुसस्थित एउटा तेलखानी

    तस्बिर स्रोत, reu

    तस्बिरको क्याप्शन, रुसस्थित एउटा तेलखानीको फाइल तस्बिर

    ईयूले अहिलेसम्म ऊर्जा आपूर्ति चाहिँ रोकेको छैन।

    युरोपमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ भने आपूर्ति कम हुनासाथ महँगीले आकाश छुन सक्ने कुरा भ्लादिमिर पुटिनलाई पनि थाहा छ।

    ब्रसल्सलाई अहिले के छ भने मस्कोले ऊर्जा आपूर्ति घटाएर वा रोकेर जबाफी कदम चाल्न सक्छ।

  20. कसरी गर्दैछ रुसले आक्रमण?