सप्तकोशी बाढीः पानीको सतह घट्यो, भँगालो छिरेको गाउँको अवस्था के छ

बेलकामा मानिसहरू घर फर्किन थालेका छन्

तस्बिर स्रोत, Baburam Bhandari

Published

सप्तकोशी नदीमा पानीको सतह घटेसँगै उदयपुरको बेलका नगरपालिकाबाट विस्थापित भएका मानिसहरू घर फर्किन थालेको अधिकारीहरूले बताएका छन्।

तर धार परिवर्तन गरेर आएको नदी बस्ती भएको ठाउँबाटै बगिरहेकाले उनीहरूलाई सावधान रहन सुझाव दिइएको नगरपालिकाका प्रमुख अशोक कार्कीले बीबीसीले बताए।

बुधवार सबेरै नदी फुटेर गाउँमा प्रवेश गरेपछि तटीय क्षेत्रमा रहेका झन्डै २०,००० मानिस जोखिममा पर्न सक्ने अधिकारीहरूले चेतावनी दिएका थिए।

वर्षाका बेला सप्तकोशीमा आउने बाढीले नदी किनारमा रहेका क्षेत्र डुबानमा पार्ने गरेको छ।

बेलकामा झन्डै ३०० सुरक्षाकर्मी खटाएर बुधवार ७,००० जनाभन्दा बढीको उद्धार गरिएको थियो।

तर पानीको सतह घटेसँगै बस्तुभाउ र बाख्रापाठाको हेरचाहका लागि मानिसहरू घर फर्किसकेको बेलका नगरप्रमुख अशोक कार्कीले बताए

सिसौली टप्पु-चिलिया बस्ती हुँदै पसेको कोशीको भँगालोले बेलका नगरपालिकाका पाँचवटा वडा प्रभावित भएका थिए। त्यसपछि कोशीको धार २०४५ साल अघिकै अवस्थामा फर्किएको अधिकारीहरूले जनाएका थिए

तस्बिर स्रोत, Baburam Bhandari

तस्बिरको क्याप्शन, सिसौली टप्पु-चिलिया बस्ती हुँदै पसेको कोशीको भँगालोले बेलका नगरपालिकाका पाँचवटा वडा प्रभावित भएका थिए। त्यसपछि कोशीको धार २०४५ सालअघिकै अवस्थामा फर्किएको थियो
उद्धारकार्यमा डुङ्गा सहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो। अहिले पनि त्यहाँ सुरक्षाकर्मी छन्

तस्बिर स्रोत, Baburam Bhandari

तस्बिरको क्याप्शन, उद्धारकार्यमा डुङ्गासहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको थियो। अहिले पनि त्यहाँ सुरक्षाकर्मी छन्
स्थानीय निकायका अनुसार ५० भन्दा बढी परिवारलाई खाना उपलब्ध गराइएको छ भने कतिपय मानिसहरूले आफन्तकोमा शरण लिएका छन्

तस्बिर स्रोत, Armed Police Force Nepal

तस्बिरको क्याप्शन, स्थानीय निकायका अनुसार ५० भन्दा बढी परिवारलाई खाना उपलब्ध गराइएको छ भने कतिपय मानिसहरूले आफन्तकोमा शरण लिएका छन्
प्रत्येक वर्ष बाढी र डुबानका कारण कोशीले नेपाल र भारतका हजारौँ मानिसहरूलाई प्रभावित पार्ने गर्छ। उदयपुरमा नदी फुटेपछि जोखिम कम गर्न कोशीको ढोका खोल्न स्थानीय प्रशासनले माग गरेको थियो

तस्बिर स्रोत, Danish Alam/File Photo

तस्बिरको क्याप्शन, प्रत्येक वर्ष बाढी र डुबानका कारण कोशीले नेपाल र भारतका हजारौँ मानिसहरूलाई प्रभावित पार्ने गर्छ। उदयपुरमा नदी फुटेपछि जोखिम कम गर्न कोशीको ढोका खोल्न स्थानीय प्रशासनले माग गरेको थियो
कोशीमा २ लाख क्यूसेक भन्दा बढी पानी बग्न थालेपछि खतराको तहमा पुगेको मानिन्छ। बिहीवार अपराह्न पानीको तह १ लाख ९८ हजार क्यूसेक रहेको थियो भने ३५ वटा ढोका खोलिएका थिए

तस्बिर स्रोत, Danish Alam/File Photo

तस्बिरको क्याप्शन, कोशीमा २ लाख क्यूसेकभन्दा बढी पानी बग्न थालेपछि खतराको तहमा पुगेको मानिन्छ। बिहीवार अपराह्ण पानीको तह १ लाख ९८ हजार क्यूसेक रहेको थियो भने ३५ वटा ढोका खोलिएका थिए
कोशी नेपालको सबैभन्दा ठूलो नदी हो। सन् २००८ मा सुनसरीको कुशाहमा रहेको नदीको पूर्वी तटबन्ध भत्कदा त्यसले नेपाल र भारतमा ठूलो क्षति गराएको थियो

तस्बिर स्रोत, Danish Alam/File Photo

तस्बिरको क्याप्शन, कोशी नेपालको सबैभन्दा ठूलो नदी हो। सन् २००८ मा सुनसरीको कुशाहमा रहेको नदीको पूर्वी तटबन्ध भत्किँदा त्यसले नेपाल र भारतमा ठूलो क्षति गराएको थियो