तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सप्तकोशी बाढीः पानीको सतह घट्यो, भँगालो छिरेको गाउँको अवस्था के छ
सप्तकोशी नदीमा पानीको सतह घटेसँगै उदयपुरको बेलका नगरपालिकाबाट विस्थापित भएका मानिसहरू घर फर्किन थालेको अधिकारीहरूले बताएका छन्।
तर धार परिवर्तन गरेर आएको नदी बस्ती भएको ठाउँबाटै बगिरहेकाले उनीहरूलाई सावधान रहन सुझाव दिइएको नगरपालिकाका प्रमुख अशोक कार्कीले बीबीसीले बताए।
बुधवार सबेरै नदी फुटेर गाउँमा प्रवेश गरेपछि तटीय क्षेत्रमा रहेका झन्डै २०,००० मानिस जोखिममा पर्न सक्ने अधिकारीहरूले चेतावनी दिएका थिए।
वर्षाका बेला सप्तकोशीमा आउने बाढीले नदी किनारमा रहेका क्षेत्र डुबानमा पार्ने गरेको छ।
बेलकामा झन्डै ३०० सुरक्षाकर्मी खटाएर बुधवार ७,००० जनाभन्दा बढीको उद्धार गरिएको थियो।
तर पानीको सतह घटेसँगै बस्तुभाउ र बाख्रापाठाको हेरचाहका लागि मानिसहरू घर फर्किसकेको बेलका नगरप्रमुख अशोक कार्कीले बताए