भारत पहिरोः हिमाचल प्रदेशको राजमार्गमा धेरै सवारीसाधन पुरिए, कम्तीमा १३ जनाको मृत्यु

हिमाचलमा पहिरोले हानेको ट्रक

तस्बिर स्रोत, Indo-Tibetan Border Police

Published

भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन्।

बुधवार डाँडाबाट खसेका ढुङ्गाहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए।

सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ।

भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित भएका छन्।

बुधवार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ।

झन्डै ३० जना अझै पहिरोमा पुरिएको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ।

हिमाचल प्रदेशमा पहिरोले पुरेको गाडी

तस्बिर स्रोत, ANI

भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भएका छन्।

एक स्थानीयवासी अबिद हुसैनले उद्धारक‍ार्य राति पनि चलोस् भन्ने अपेक्षा गरेको समाचारसंस्था रोएटर्सलाई बताए।

गत महिना हिमाचल प्रदेशमै एउटा डाँडाबाट अचानक ढुङ्गा खस्दा एउटा यात्रुवाहक बसमा चढेका नौ पर्यटकको मृत्यु भएको थियो।

किन्नौर जिल्लामा डाँडा खस्दा पुरिएको एउटा सवारीसाधन

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, किन्नौर जिल्लामा डाँडा खस्दा पुरिएको एउटा सवारीसाधन
किन्नौर जिल्लामा पहिरोको प्रकोप

तस्बिर स्रोत, Pankaj Sharma/BBC

हिमाचल प्रदेशमा पहिरोले पुरेको गाडी

तस्बिर स्रोत, ANI

भारत-तिब्बत सीमा प्रहरी तथा अन्य राहतकर्मी उद्धारकार्यमा

तस्बिर स्रोत, ANI

तस्बिरको क्याप्शन, भारत-तिब्बत सीमा प्रहरी तथा अन्य उद्धारकर्मी घटनास्थलमा खटिएका छन्

यो वर्ष पश्चिम भारतको महाराष्ट्रमा ठूलो वर्षा भएपछि सयौँ गाउँहरू जलमग्न भएका थिए।

त्यहाँ कम्तीमा १३६ जनाको मृत्यु भएको बताइन्छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब मुम्बईमा पुरानो इनारभित्र कार खस्यो