कोरोना भाइरस अमेरिकाः कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने जो बाइडनको नयाँ लक्ष्य

जो बाइडन

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: २ मिनेट

अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाभाइरसको खोप आफ्नो प्रशासनको पहिलो सय दिनमा २० करोड मानिसलाई लगाउने बाचा गरेका छन्।

ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले कोभिडसँगको सामनापछिका आफ्ना प्राथमिकताबारे पनि बताए।

बाइडनले भने, "आज म आफ्नो दोस्रो लक्ष्य तय गर्छु। हामी हाम्रो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिन्छौँ।"

उनले भने, "मलाई थाहा छ यो लक्ष्य महत्त्वाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो। तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रो नजिक पनि आउन सकेका छैनन्। र, मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ।"

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ।

अमेरिकी स्वास्थ्य अधिकारीका अनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ।

कोरोनाभाइरसबारे एउटा पनि प्रश्न सोधिएन

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडनलाई बन्दुक नियन्त्र‌णदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन्।

यसबारेमा थुप्रै मानिसहरू सामाजिक सञ्जालमा आफ्ना धारणा राखिरहेका छन्।

हफिङ्टन पोष्टकी वासिङटन ब्यूरो प्रमुख अमान्डा तर्केलले लेखेकी छन्, "आश्चर्य लाग्ने कुरा कोरोनाभाइरसबारे कसैले पनि एउटा प्रश्न गरेनन्।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

बीबीसीका उत्तर अमेरिकाका ब्यूरो प्रमुख पल डनेहरले पनि यसबारे ट्वीट गरेका छन्, "पाँचपाँच लाख (अमेरिकी) हरूको ज्यान गइसकेपछि भएको पहिलो पत्रकार सम्मेलनमा ह्वाइट हाउसका पत्रकारहरूले राष्ट्रपतिसँग कोरोनाभाइरसका बारेमा केही पनि प्रश्न सोधेनन्, जबकि अहिले पनि अमेरिकीलाई यसले सबैभन्दा बढी असर गरिरहेको छ।"

"पत्रकारहरू आममानिसका मुद्दालाई लिएर कति बेखबर हुन्छन् भन्नेबारे यो भन्दा राम्रो उदाहरण पाउन गाह्रो हुन्छ।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

अमेरिका-मेक्सिको सीमामा प्रवासीको सङ्ख्या बढ्दो

अमेरिका-मेक्सिको सीमामा रहेको प्रवासी बस्ने शिविर

तस्बिर स्रोत, Reuters

पत्रकार सम्मेलनमा बाइडनलाई अमेरिकाको मेक्सिकोसँग जोडिएको सीमामा प्रवासीको सङ्ख्या बढेको विषयमा धेरै प्रश्न सोधिएको थियो।

बाइडनले दक्षिणी सीमामा बढ्दो मानवीय सङ्कटका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठहर्‍याए।

अहिले अमेरिकाको डिटेन्सन सेन्टरमा १७ हजार बालबालिकालाई राखिएको छ।

अमेरिकाको सीमा सुरक्षा निकायका अनुसार ज्यानुअरीमा ७८,४४२ र फेब्रुअरीमा १००,४४१ मानिसलाई सीमामा पक्राउ गरिएको छ।

'राष्ट्रपति सी जिन्पिङको शरीरमा लोकतान्त्रिक हड्डी छैन'

बाइडन र सी जिनपिंग

तस्बिर स्रोत, Getty Images

चीनबारे बोल्दै बाइडनले चीनसँग संघर्ष गर्ने आफ्नो कुनै उद्देश्य नरहेको बताए। तर उनले राष्ट्रपति सी जिन्पिङको भने आलोचना गरे।

उनले चिनियाँ नेताबारे आफूलाई उपराष्ट्रपति भएकै बेला थाहा भएको बताए।

बाइडनले भने, "सी जिन्पिङको शरीरमा 'लोकतान्त्रिक हड्डी' छैन। तर उनी एकजना चलाख मानिस हुन्।"

बाइडनले चीन संसारकै सबैभन्दा शक्तिशाली र सबैभन्दा धनी देश बन्न चाहेको तर त्यसो हुन अमेरिकाले नदिने बताए।

अफगानिस्तानमा अमेरिकी सैनिक

तस्बिर स्रोत, Getty Images

अफगानिस्तानबारे बोल्दै उनले अमेरिकी सेनालाई फिर्ता गर्न मे महिनाको एक तारिखको समयासीमाभित्र नसकिए पनि धेरै समय अमेरिकी सेना त्यहाँ नरहने बताए।

उनले भने, "हामी अफगानिस्तान छोडिदिन्छौँ। प्रश्न कहिले छोड्छौँ भन्ने हो। मे एक तारिखको समयसीमाभित्र हामीले फिर्ता नगर्न सक्छौँ तर हामी धेरै समयसम्म त्यहाँ रहँदैनौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण