पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न भागमा वर्षा तथा हिमपात भएपछि मौसममा क्रमिक सुधार भइरहेको छ। आकाश खुलेर घाम लागेपछि मानिसहरू बाहिर निस्किन थालेको देखियो।
हिमपात भएका जुम्ला, कालीकोट, मुगु र सोलुखुम्बुको सामान्य जनजीवन प्रभावित भएपनि शनिवार केटाकेटी तथा युवा-युवतीहरू हिउँ खेल्न निस्किएका छन्।
शुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन "केही समय लाग्ने" मौसमविद्ले बताएका छन्। शनिवार साँझबाट मौसममा सुधार आउँने उनीहरूको भनाइ छ।
हिमपातका केही दृष्यहरू तलका तस्बिरमा:
तस्बिर स्रोत, .
तस्बिरको क्याप्शन, हिमपातपछि खुलेको ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभराको मन्दिर क्षेत्र। पृष्ठभूमिमा कञ्चनजङ्घा हिमाल। (तस्बिर सौजन्य: तुलसा निरौला)
तस्बिरको क्याप्शन, हिमपातपछि सोलुखुम्बुको स्याङ्बोचेमा याक विकास फार्मका कर्मचारी याक तथा चौँरीको स्यहारमा जुटेका थिए। (तस्बिर सौजन्य: ललन यादव)
तस्बिर स्रोत, .
तस्बिरको क्याप्शन, हिमपातपछि सगरमाथा क्षेत्रमा पदयात्रा कठिन भएको छ। (तस्बिर सौजन्य: ललन यादव)
तस्बिर स्रोत, .
तस्बिरको क्याप्शन, सोलुखुम्बुको पत्तालेमा हिमपातपछि सडकमा आवागमन समेत प्रभावित भएको छ। तर शनिवार आकाश खुल्दा सगरमाथा र अन्य हिमाल प्रष्ट देखिए। (तस्बिर सौजन्य: रामकुमार मगर)
तस्बिर स्रोत, BBC
तस्बिरको क्याप्शन, जुम्लामा देखिएको एक कुकुर। (तस्बिर सौजन्य: दीपक बानिया)
हिमपातपछि मौसममा सुधार हुन थालेपनि पूरै सुधार हुन अझै केही दिन लाग्ने मौसमविद्हरू बताउँछन्।
तस्बिरको क्याप्शन, जुम्लाको चन्दननाथ मन्दिर वरपर हिउँ परेको दृष्य। जुम्ला लगायत विभिन्न उच्च पहाडी स्थानमा हिउँ परेको खबर प्राप्त भएको छ। (तस्बिर सौजन्य: दीपक बानिया)
तस्बिरको क्याप्शन, मौसमविद्का अनुसार अहिलेको प्रतिकूल मौसमी अवस्थामा सुधार भएपनि जाडो महिना भएकोले अझै केही साता तापक्रम भने घट्ने क्रममा नै रहने छ। (तस्बिर: कृष्णमाया उपाध्याय)
तस्बिरको क्याप्शन, शुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन "केही समय लाग्ने" मौसमविद्ले बताएका छन्। (तस्बिर सौजन्य: दीपक बानिया)