तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हिमपातपछि सोलुको स्याङबोचेमा हिउँचिप्लेटी, पाथिभराबाट हिमाल झलल
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न भागमा वर्षा तथा हिमपात भएपछि मौसममा क्रमिक सुधार भइरहेको छ। आकाश खुलेर घाम लागेपछि मानिसहरू बाहिर निस्किन थालेको देखियो।
हिमपात भएका जुम्ला, कालीकोट, मुगु र सोलुखुम्बुको सामान्य जनजीवन प्रभावित भएपनि शनिवार केटाकेटी तथा युवा-युवतीहरू हिउँ खेल्न निस्किएका छन्।
शुक्रवार अपरान्ह पश्चिमदेखि पूर्वसम्मै पूरै नेपाल ढाक्ने गरी विकसित भएको मौसमी प्रणालीमा सुधार हुन "केही समय लाग्ने" मौसमविद्ले बताएका छन्। शनिवार साँझबाट मौसममा सुधार आउँने उनीहरूको भनाइ छ।
हिमपातका केही दृष्यहरू तलका तस्बिरमा:
हिमपातपछि मौसममा सुधार हुन थालेपनि पूरै सुधार हुन अझै केही दिन लाग्ने मौसमविद्हरू बताउँछन्।
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।