राष्ट्रपतिको कुराले देउवाको 'चित्त दुखेको छैन'

देउवा र भण्डारी

तस्बिर स्रोत, RSS

Published
पढ्ने समय: ५ मिनेट

राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कुराले 'आफ्नो चित्त नदुखेको' बताएका छन्।

सभापति देउवाले राष्ट्रपतिको कुरालाई 'सामान्य रूपमा' लिएको उनका स्वकीय सचिव भानु देउवाले आइतवार बताए।

बीबीसी न्यूज नेपालीसँग सङ्‌क्षिप्‍त कुरा गर्दै उनले भने, "सामाजिक सञ्जालमा जसरी टीकाटिप्पणी भइरहेको छ उहाँ [सभापति देउवा] ले त्यसरी लिनुभएकै छैन।"

"उहाँले राष्ट्रपतिको कुरालाई सामान्य रूपमा लिनुभएको छ। राष्ट्रपतिको कुराले आफ्नो चित्त नदुखेको उहाँले भन्नुभयो," स्वकीय सचिव देउवाले थपे।

बीबीसी नेपालीले राष्ट्रपति भण्डारीको भनाइबारे देउवाको प्रतिक्रिया मागेपछि स्वकीय सचिव देउवाले उनीसँग कुरा गरेर यस्तो बताएका हुन्।

काठमाण्डूस्थित राष्ट्रिय सभागृहमा शुक्रवार गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति भण्डारीले बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी भइरहेका छन्।

एकथरीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बोलीमा हुने अस्पष्टतालाई लिएर राष्ट्रपतिले होच्याएको तर्क गरेका छन् भने अर्कोथरीले राष्ट्रपतिले बोलेका कुरालाई गलत रूपमा अर्थ्याइएको बताइरहेका छन्।

शनिवार भण्डारीका एक सल्लाहकारले राष्ट्रपतिलाई "अनावश्यक रूपमा विवादमा मुछ्न खोजिएको" बीबीसी न्यूज नेपालीलाई बताएका थिए।

के भनेकी थिइन् राष्ट्रपतिले?

शुक्रवारको कार्यक्रमलाई राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस सभापति देउवापछि सम्बोधन गरेकी थिइन्।

उनले भनिन्, "यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदोरहेनछ। नेताहरू जोसिएर बोल्नुभयो। फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो। राम्रो बोल्नुभएको होला भन्ने चाहिँ लाग्यो।"

राष्ट्रपति भण्डारीले त्यति भनेपछि दर्शकदीर्घाबाट हाँसोको फोहरा फुट्यो। अनि राष्ट्रपति पनि मुसुक्क हाँसेको सार्वजनिक भएको भिडिओमा देखिन्छ।

त्यसपछि उनले भनिन्, "तर के बोल्नुभयो भन्ने कुरा चाहिँ मैले आमरूपमा बुझिनँ।"

राष्ट्रपति

तस्बिर स्रोत, RSS

पूर्ववक्ताले बोलेका कुरा आफूले नबुझ्नुमा मञ्चको व्यवस्थापनसम्बन्धी समस्या भएको हुन सक्ने राष्ट्रपतिले बताइन्।

आफ्नो कानतिर हात लग्दै राष्ट्रपति भण्डारीले भनिन्, "कान सुनिएन, यहाँ बुझिएन। त्यसैले यहाँहरूले के बोल्नुभयो भन्ने कुरा अब मिडियाबाट थाहा पाइएला।"

यी सबै भनिरहँदा राष्ट्रपति भण्डारीले कहीँ कतै पनि नेता देउवाको नाम उल्लेख गरेको चाहिँ पाइएन।

मञ्चमा अतिथिहरूलाई सुन्नमा भएको कठिनाइबारे उल्लेख गर्दै उनले सुझाव दिइन्, "वक्ताहरूले बोलेका कुरा मञ्चमा बस्ने अतिथिगणले पनि सुन्ने व्यवस्था मिलाइदिनुहोला।"

देउवा के बोलेका थिए?

राष्ट्रपति भण्डारीभन्दा पहिला कार्यक्रमलाई सम्बोधन गरेका कांग्रेस सभापति देउवाले विभिन्न विषयमा सरकारको आलोचना गरेका थिए।

उनले ऐन तथा विनियमहरू ल्याएर वर्तमान सरकारले संविधानको मूलभूत मर्ममाथि नै प्रहार गर्न खोजेको आरोप लगाए।

देउवाले प्रश्न गरे, "दुईतिहाइको सरकार भन्दैमा प्रजातन्त्रका आधारभूत कुरा हटाउन पाइन्छ? "

धेरै अधिकारहरू आफूमा केन्द्रित गर्न थालेको भन्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि आलोचना गरे।

देउवा

तस्बिर स्रोत, RSS

उनले पुनः प्रश्न गरे, "किन चाहियो सबै अधिकार उहाँलाई? आफ्ना मन्त्रीमाथि विश्वास गर्न नसक्नेले के देश चलाउँछन्?"

ठूलो सङ्घर्षपछि प्राप्त स्वतन्त्रतालाई कसैले चाहँदैमा खोस्न नसक्ने देउवाले उल्लेख गरे।

उनले थपे, "हामी सहयोग गर्न चाहन्छौँ। हामीले रेलिङ भत्काएका छैनौँ, कुर्सी भाँचेका छैनौँ। केही नगरेर हेपेको हो हामीलाई?"

के भने राष्ट्रपतिका सल्लाहकारले?

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले यो घटनाबारे भएको आलोचनालाई बेलाबेला राष्ट्रपतिलाई विवादमा तान्ने प्रयासका रूपमा अर्थ्याएका छन्।

"कुनै कुरा बुझिनँ भन्नुको अर्थ बोली नबुझेको नभई कुरा नबुझेको पनि हुन सक्छ।"

लौहपुरुष भनेर पनि चिनिने गणेशमान सिंहको सम्झनामा गरिने कार्यक्रममा राष्ट्रपति भण्डारी हरेक वर्ष सहभागी हुने गरेको प्याकुरेल बताउँछन्।

"उहाँ [राष्ट्रपति] ले अरूको कुरा मैले बुझिनँ भनेर आफ्नो कुरा राख्नुभएको हो। उहाँले इङ्गित गरेर शेरबहादुर देउवाका कुरा मात्रै बुझिनँ भनेर भन्नुभएको छैन।"

"त्यसैले यसबारे धेरै टीकाटिप्पणी गर्ने र राष्ट्रपतिज्यूलाई विवादमा तान्ने काम नगरेको भए हुन्थ्यो भन्ने मलाई लाग्छ।"

मनोविज्ञको बुझाइ के छ?

त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागस्थित प्राध्यापक डा. शिशिर सुब्बा कतिपय मानिसहरू हिजोआज आलोचना गर्नैका लागि अर्काको गल्ती कुरेर बस्ने गरेको बताउँछन्।

"कतिखेर कसैले गल्ती गर्छ र त्यसको आलोचना गर्छु भन्ने प्रवृत्ति पनि हाम्रो समाजमा हिजोआज देखिन्छ," उनले थपे।

यद्यपि राष्ट्रपति भण्डारीले आफूले नबुझेको कुरा सार्वजनिक रूपमा नभनिदिएको भए जाती हुन्थ्यो भन्ने प्राध्यापक सुब्बाको धारणा छ।

"जसले जे भने पनि राष्ट्रपतिले त्यसरी भन्न चाहिँ नहुने हो। साँच्चै नै नसुनिएको र नबुझिएको थियो भने पनि त्यसबारे उहाँ चुप बसेको भए राम्रो हुन्थ्यो। होइन भने आफ्नो छेउछाउमा भएका र बुझेकालाई सोध्न सकिन्थ्यो।"

राजनीतिक व्यक्तिहरूसँग जोडिएको भएर पनि यो विषयमा सामाजिक सञ्जालहरूमा धेरै टीकाटिप्पणी भएको प्राध्यापक सुब्बाको ठम्याइ छ।

समाजिक सञ्जाल

तस्बिर स्रोत, Getty Images

र, यस्तो समस्याको समाधान स्वयम् राजनीतिक दलका नेतृत्वपङ्क्ति भएको उनी बताउँछन्।

शीर्षस्थ नेताहरूले कार्यकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने प्राध्यापक सुब्बाको सुझाव छ।

"नेताहरूको कुराले ठूलो अर्थ राख्छ। आमाबुवाले सिकाउने कुरा बालबच्चाले सिक्ने जस्तै नेताहरूले पनि जे सिकाउँछन् कार्यकर्ताले त्यही सिक्ने हुन्," उनले थपे।

सामाजिक सञ्जालमा कस्तो चर्चा छ?

राष्ट्रपतिको भनाइबारे भिडिओसहितको समाचार शुक्रवार साँझतिर केही वेबसाइटमा आएदेखि नै आलोचना र प्रतिरक्षामा विभिन्न धारणाहरू आइरहेका छन्।

कसैको शारीरिक दुर्बलतालाई खिसी गर्न नहुने प्रयोगकर्ता सूचना घिमिरेको धारणा छ।

उनी लेख्छिन्, "एउटा कुरा: शारीरिक दुर्बलताको मजाक उडाउनु निच सोचको उपज हो। दोस्रो कुरा: मैले बुझिनँ, मैले कान सुनिनँ भन्नु कसैको अपमान गर्नु होइन। अन्तिम कुरा: देश र जनताको प्रतिनिधित्व गरेर कुनै सार्वजनिक पदमा आसीन व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिँदा पदकै गरिमाको मजाक उडाउने कुरा गर्न हुँदैन।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

सम्मानित व्यक्तिहरू भिड्नु राम्रो कुरा नभएको पत्रकार नारायण काफ्लेले लेखेका छन्।

"राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवाको घोचपेच बुझ्न प्रतिनिधिसभाको बिहीवारको शीर्षस्थ नेताहरूको सम्बोधन पनि सुन्नुपर्ने अवस्था छ। पृष्ठभूमि रोचक। वरिष्ठ नेता सम्मानित व्यक्ति भिड्नु चाहिँ राम्रो हैन।"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

लेखिका सावित्री गौतमले चाहिँ राष्ट्रपतिको तरिकाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

उनी लेख्छिन्, "राष्ट्रपतिलाई आफ्नो औपचारिक मन्तव्यसँग मात्रै सरोकार हुनुपर्ने र नसुनेकै भए पनि उहाँ सरासर आफ्ना कुरा बोलेर हिँड्नुपर्ने हो। अलि अस्ति मनोज गजुरेलले पनि 'देउवाले आफ्नै बोली रेकर्ड गरे आफैँले बुझ्दैनन्' भन्दै व्यङ्ग्य गरेका थिए। नोटः मलाई नेपालका लगभग सबै नेतासँग वितृष्णा छ।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

तर फलानो नामले चर्चित कार्टुनिस्ट राजेश केसीले राष्ट्रपति भण्डारीको भनाइ आफूलाई व्यङ्ग्यको रूपमा नलागेको लेखेका छन्। उनले प्राविधिक कारणले आवाज नबुझे राष्ट्रपतिले त्यसो भनेको हुन सक्ने अनुमान गरेका छन्।

"आज देउवापछि बोलेकी राष्ट्रपतिले भनिन्, 'मञ्चमा वक्ताहरूले बोलेको केही बुझिँदोरहेनछ। नेताहरूले जोसिएर बोल्नुभयो, ताली पनि आयो, राम्रो बोल्नुभयो होला भन्ने चाहिँ लाग्यो, तर मैले आमरूपमा बुझिनँ।' उनको यो देउवाप्रति व्यङ्ग्य लागेन। मनिटर नभएपछि गुञ्जायमान हलको मञ्चमा प्रस्ट नसुनेकै होला।"

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

सबै किसिमका विभेदविरुद्ध लड्ने भन्दै पत्रकार गजेन्द्र बुढाथोकी आफ्नो पुरानो ट्वीट उद्धृत गरेका छन्।

जसमा लेखिएको छ, "मैले हिजो सुशील कोइरालाका सवालमा पनि लेखेको थिएँ, देउवाका सवालमा पनि र ओलीका सवालमा पनि। कसैको अशक्तता, शारीरिक अवस्था, स्वास्थ्यका विषयमा टिप्पणी गर्नु मानसिक दिवालियापनबाहेक केही होइन। यहाँ कोही अजम्बरी बुटी खाएर जन्मेको छैन।"

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space

अर्का ट्विटर प्रयोगकर्ता केदार सुवेदीले पूरै कुरा नबुझी आलोचना भइरहेको आशयको ट्वीट गरेका छन्।

"शीर्षक पढ्दा राष्ट्रपतिको मति नि कस्तो भन्नेजस्तो रहेछ। तर सरर अन्त्यसम्म त्यही समाचार पूरै पढ्दा कुरो रहेछ- अग्रभागका स्रोताले बुझ्ने र सुन्नेगरी साउन्डको व्यवस्था मिलाएको तर मञ्चमा बसेका वक्ताले नबुझ्ने नसुन्ने गरी मिलाइएको रहेछ..."

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space

सोहन श्रेष्ठले लेखेका छन्, "शेरबहादुर देउवालाई राष्ट्रपतिको व्यङ्ग्य नभई मञ्च फर्केको मनिटर नहुँदा भाषण नबुझेको भन्ने मैले बुझेँ है। बोली नभई विषयवस्तु बुझिएन भन्ने आशयजस्तो लाग्यो। भएका स्पीकर (यन्त्र) श्रोतातर्फ फर्केको हुन सक्छ।"

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space