टाइम म्यागजीनको कभरमा जेलिन्स्कीको भनाइ
धेरै युक्रेनीहरूले टाइम म्यागजीनको कभरमा सामाजिक सञ्जालमा शेअर गरिरहेका छन्।
उक्त म्यागजीनले युक्रेन र राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीप्रति सम्मान व्यक्त गर्न पृष्ठभूमिमा युक्रेनको झण्डा राखेर उनको उक्ति युक्रेनी भाषामा छापेको छ।
मङ्गलवार ईयूको संसद्मा सम्बोधन गर्दै उनले भनेका थिएः जीवनले मृत्युमाथि विजय पाउनेछ, अनि प्रकाशले अन्धकारमाथि विजय पाउनेछ।
अमेरिकाबाट प्रकाशित हुने उक्त म्यागजीनले आफ्नो मुख्य सामग्रीमा रुसी अतिक्रमण सुरु भएपछि किएभमै बसेर जेलेन्स्कीले "इतिहास फेरिदिएको" लेखेको छ।