युक्रेनी शरणार्थीले विशेष सुविधा पाउनेः ईयू
युरोपेली सङ्घमा आबद्ध देशका आन्तरिक मामिलामन्त्रीहरू युक्रेनी शरणार्थीहरूलाई तीन वर्षसम्मका लागि विशेष अस्थायी सुविधा दिने विषयमा सहमत भएका छन्।
सहमतिअनुसार उनीहरूलाई रोजगारी बजारमा पहुँच,स्वास्थ्य तथा शिक्षालगायतका सेवासुविधासहित बसोबासको अनुमति दिइनेछ।
संयुक्त राष्ट्रसङ्घका अनुसार युक्रेनमा अतिक्रमणयता दश लाखभन्दा बढी मानिसले देश छोडिसकेका छन्।