तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा

रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।

लाइभ कभरेज

  1. युक्रेनको राजधानी किएभमा कैयौँ विस्फोटको खबर

    रुसी आक्रमणबीच युक्रेनको राजधानी किएभमा थुप्रै विस्फोट भएका खबर आइरहेका छन्।

    सीएनएनको एउटा टोलीका अनुसार शुक्रवार सखारै मध्य किएभमा दुईवटा ठूलो विस्फोट र त्यहाँबाट अलि पर तेस्रो विस्फोट भएको सुनिएको थियो।

    आन्तरिक मामिलासम्बन्धी पूर्वउपमन्त्री एन्टोन हेराश्चेन्कोलाई उद्धृत गर्दै युक्रेनी समाचार संस्था युनियानले जनाएअनुसार दुईवटा विस्फोट भएको सुनिएको थियो।

    त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको उनले बताए।

    युक्रेनी सेनाले त्यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।

    किएभमा रुसी विमान खसालियो

    राजधानी किएभमा शुक्रवार एउटा रुसी विमान खसालिएको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले बताएका छन्।

    सेभेन ए कोशिट्सिआ स्ट्रीटमा एउटा घरनजिक जेट खसेको एन्टोन हेराश्चेन्कोले बताए।

    किएभनजिक पर्ने ब्रोभेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गर्दा छजना मारिएका छन्।

  2. युक्रेनमाथि रुसी आक्रमणको दोस्रो दिन

    शुभप्रभात!

    केही दिनदेखि युक्रेन-रुस तनावबारे हामीले निरन्तर समाचार सम्प्रेषण गरिरहेका छौँ। आज पनि हामी यो लाइभ पेजबाट तपाईँहरूलाई त्यसबारे ताजा जानकारी दिनेछौँ।

    अहिलेसम्मका मुख्य घटना यस्ता छन्:

    • युक्रेनमाथि लगातार दोस्रो दिन रुसले आक्रमण गरिरहेको छ
    • रुसी आक्रमणमा सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकको ज्यान गएको बताइएको छ
    • युक्रेनको राजधानी किएभ र नजिकैका स्थानमा कैयौँ विस्फोटन भएको विवरण आएका छन्
    • किएभमा रुसी लडाकु विमान खसालिएको युक्रेनले दाबी गरेको छ