अमेरिकी दिदीभाइ चीनबाट तीन वर्षपछि रिहा

दिदीभाइ

तस्बिर स्रोत, Friends of Liu Family

Published

चिनियाँ मूलमा दुई अमेरिकी दिदीभाइलाई तीन वर्षपछि चीनले अमेरिका फर्कन अनुमति दिएको छ।

चीन भ्रमणका रहेका बेला सिन्थिया र भिक्टर लु एवम् उनीहरूका आमालाई आर्थिक अपराधको आरोप लगाइएको थियो।

उनीहरूले आफ्नो पितालाई चीनमा ठगीको आरोप खेप्न चीन फर्काउने प्रयासमा नियन्त्रित गरिएको बताउने गरेका छन्।

चिनियाँ प्रविधि व्यापारी मङ्ग वान्जू र दुई क्यानडेली नागरिकलाई नियन्त्रणमुक्त गरिएको बेला चीनको यो नयाँ निर्णय आएको हो।

आलोचकहरूले चीनले आमनागरिकलाई राजनीतिक दबावका लागि मोहरा बनाउने गरेको आरोप लगाउँछन्। चीनले यसलाई सधैँ अस्वीकार गर्छ।

सोमवार अमेरिकी सिनेटरहरू एडवार्ड मार्के र एलिजावेथ वारेनले एक विज्ञप्तिमा सिन्थिया र भिक्टर लु चिनियाँ सरकारको गोटीको रूपमा चीनमा कठिन तीन वर्ष बिताएपछि घर फर्किएको बताएका छन्।

उनीहरूले ति दिदीभाइका आमा अमेरिकी नागरिक सान्ड्रा हान अझै चीनको नियन्त्रणमा रहेको बताएका छन्।

उनीहरूले अमेरिकी सरकारसँग उनलाई फर्काउन मिलेर काम गरिरहेको बताइएको छ।

सन् २०१८ मा उनीहरू नातेदार भेट्न चीन पुगेका थिए। त्यो बेला २७ वर्षीया दिदी कन्सल्टेन्टको रूपमा काम गर्थिन् भने १९ वर्षीय भाइ विश्वविद्यालयमा पढ्दै थिए।

उनीहरूका अनुसार चीन पुगेको केही दिनमा आमालाई चिनियाँ अधिकारीले नियन्त्रणमा लिएर गोप्य जेलमा लिएर गए। उनीहरूले आफू चीन छोड्नबाट रोकिएको पनि थाहा पाए।

यो बेला चिनियाँ विदेश मन्त्रालयले ती तीनसँग चिनियाँ नागरिक भएको कागजात भएको र उनीहरूमाथि आर्थिक अपराध गरेको शङ्का गरिएको बताएको थियो।

मङ्ग वान्जू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ह्वावेइकी उच्च अधिकारी मङ्ग वान्जू क्यानडामा रिहा भएको केही घण्टामै क्यानडाका माइकल स्प्याभर र माइकल कोभिङलाई चीनले नियन्त्रणमुक्त गरिदिएको छ

तर दिदीभाइले न्यूयोर्क टाइम्स समाचारपत्रलाई आफूहरूलाई चिनियाँ सरकारी ब्याङ्कका पूर्वकर्मचारी रहेका पितालाई चीन आउन दबाव दिन नियन्त्रणमा लिइएको बताएका थिए। उनीमाथि आर्थिक हिनामिनाको आरोप लागेको भए पनि उनले सन् २०१२ मै श्रीमती र छोराछोरीसँग सम्बन्ध तोडेको बताइएको छ।

चाइना डेलीमा यसअघि प्रकाशित समाचारमा उनीहरूका पिता लु चाङमिङ चीनले खोजिरहेको प्रमुख १०० भगौडामा रहेको र भ्रष्ट्राचार आरोपमा खोजी भइरहेको बताइएको थियो। उनी सन् २००७ मा चीनबाट भागेका थिए।

न्यूयोर्क टाइम्सका अनुसार उनीहरूको आमा व्यापारी रहेको र उनीसँग लाखौँ डलरको घरजग्गा रहेको छ।

अमेरिकी समाचारमा चीनले अमेरिकी नागरिकलाई क्यानडेली नागरिकहरू माइकल स्प्याभर र माइकल कोभिङसँगै छोडेको बताएका छन्। क्यानडेली नागरिकहरू सन् २०१८ मा जासुसीको आरोपमा पक्राउ परेका थिए।

क्यानडाले ह्वावेइका मङ्ग वान्जूलाई चीन फर्कन दिएको केही घण्टापछि क्यानडेली नागरिकलाई चीनले रिहा गरेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुई पान्डाबीच भीषण लडाइँ भएको दुर्लभ भिडिओ