कोरोना भाइरस नेपाल: थप १९ सय जनालाई सङ्क्रमण, १५ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

Published

विगत २४ घण्टामा नेपालभरि थप १,९१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार १०,०२२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख चार हजार नाघेको छ।

अहिलेसम्म नेपालमा १,१८९ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले थप २,३४९ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. १०० वटा नमुना परीक्षण गर्दा कतिवटामा सङ्क्रमण पुष्टि.  केही महिनादेखि नेपालमा कोभिड-१९ पुष्टि दर उच्च.

नेपालमा अहिले पुष्टि भएका ३८,४६१ जना सक्रिय सङ्क्रमित छन्।

यसरी बढिरहेको कोरोनाभाइरस. नेपालमा कोभिड-१९ महामारी.  .

नेपालमा अहिलेसम्म १,६४,५९२ जना निको भएको सरकारी तथ्याङ्क छ।

अर्थात् सङ्क्रमितहरू निको हुने दर ८०.६ प्रतिशत छ।

कोरोनाभाइरस ब्यानर

को हुन् सङ्क्रमित?

मन्त्रालयका अनुसार अहिले फेला परेका सङ्क्रमितमध्ये ७५९ जना महिला र १,१५४ जना पुरुष छन्। उनीहरू विभिन्न जिल्लाका हुन्।

सबै सङ्क्रमितमध्ये ३४ प्रतिशत अर्थात् ६८,७११ महिला र बाँकी १,३५,५३१ जना पुरुष भएको मन्त्रालयले जनाएको छ।

तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको वास्तविक सङ्ख्या बढी हुनसक्ने विज्ञहरूको भनाइ छ।

तर काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण र सङ्क्रमित हुने क्रम जारी छ।

विगत २४ घण्टामा काठमाण्डूमा ७६४ सहित उपत्यकामा ९७३ जनामा सङ्क्रमण पुष्टि भयो।

कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने?
कोरोनाभाइरस ब्यानर
Presentational white space

अरू तथ्याङ्क के छ?

अहिले देशभरि २९,३८४ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा सर्वाधिक २०,८४९ जनामा सक्रिय सङ्क्रमण छ। यो सक्रिय सङ्क्रमितको कुल सङ्ख्याको ५४ प्रतिशत हो।

उपत्यकामा भएका सङ्क्रमितमध्ये १४,२३८ जना घरमै एकान्तवासमा भएको तथ्याङ्क मन्त्रालयले दिएको छ।

देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३७३ जना सघन उपचार कक्षमा र ८७ जना भेन्टिलेरमा भएको विवरण मन्त्रालयले दिएको छ।

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यककाका तीन जिल्लाबाहेक झापा, मोरङ, सुनसरी, चितवन, काभ्रेपलान्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रूपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

हिमाली जिल्ला मनाङमा अहिले सङ्क्रमितको सङ्ख्या शून्य छ। त्यहाँ पाँच जना सङ्क्रमित फेला परेकोमा सबै जना निको भइसकेका छन्। अहिलेसम्म १४ सङ्क्रमित फेला परेको छिमेकी जिल्ला मुस्ताङमा अहिले आठ जना उपचाररत छन्।