कोरोना भाइरस नेपाल अपडेट : थप २५ सयमा सङ्क्रमण, २६ जनाको कोभिड-१९ का कारण मृत्यु

तस्बिर स्रोत, Getty Images
विगत २४ घण्टामा नेपालभरि थप २,५६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ।
सो अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण २६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघ्दै २,०२,३२९ पुगेको छ।
अहिलेसम्म नेपालमा १,१७४ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ।
कुल सङ्क्रमितमध्ये १,६२,२४३ जना सङ्क्रमणमुक्त भएका छन्।
बुधवारको मृत्यु सङ्ख्या दोस्रो सर्वाधिक दैनिक मृत्यु हो। यसअघि कार्तिक ५ गते पनि २६ जनाको मृत्यु भएको थियो।
सर्वाधिक मृत्यु भने कार्तिक १९ गते ३० जनाको भएको थियो।
विगत २४ घण्टामा १,६६६ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि ३८,९१२ जना सक्रिय सङ्क्रमित छन्।
गएको २४ घण्टामा १०,०८१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा























