कोरोना भाइरस नेपाल: थप २१ जनाको मृत्यु, तीन हजार छ सयमा सङ्क्रमण

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने
Published

नेपालमा विगत २४ घण्टामा ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ।

सो अवधिमा देशभरि १५,२५५ वटा नमुना परीक्षण गरिएको थियो।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १,५५२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४८ हजार नाघेको छ।

कोरोनाभाइरस ब्यानर

चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप २१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

योसहित नेपालमा अहिलेसम्म ८१२ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

सङ्क्रमितमध्ये २९० जना सघन उपचार कक्षमा र ७७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

यसरी बढिरहेको छ कोरोनाभाइरस . नेपालमा कोभिड-१९ महामारी.  .

कति जना भए निको?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि ३,२१५ सङ्क्रमित रोगमुक्त भएका छन्।

अहिलेसम्म एक लाख दुई हजारभन्दा बढी सङ्क्रमित निको भइसकेका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित भएका थिए। असोज २४ गते मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो।

काठमाण्डू उपत्यकामा थपिए १,५५२ सङ्क्रमित. नेपालमा कोरोनाभाइरस.  .
Presentational white space

कति छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि ४४,४७६ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १३,३३९ जना संस्थागत आइसोलेशनमा र बाँकी ३१,५३८ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी २७,२५९ छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

काठमाण्डू उपत्यकाका २३,१२९ जनामा सक्रिय सङ्क्रमण. नेपालमा कोरोनाभाइरस.  .