कोरोना भाइरस नेपाल: पाँच हजार सात सयभन्दा बढी सङ्क्रमित थपिए, २६ जनाको मृत्यु

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?
Published

नेपालमा विगत २४ घण्टामा ५,७४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ।

यो सङ्ख्या सर्वाधिक दैनिक वृद्धि हो।

सो अवधिमा देशभरि २०,११८ वटा नमुना परीक्षण गरिएको थियो।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ३,१०७ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

कोरोना भाइरस

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४४ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप २६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

योसहित नेपालमा अहिलेसम्म ७९१ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस . नेपालमा कोभिड-१९ महामारी.  .

कति जना भए निको?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि २,९९६ सङ्क्रमित रोगमुक्त भएका छन्।

अहिलेसम्म ९९,६०५ सङ्क्रमित निको भइसकेका छन्।

मङ्गलवार मन्त्रालयले ३,०९३ जनामा सङ्क्रमण र आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

असोज २४ गते मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो।

काठमाण्डू उपत्यकाका २३,१२९ जनामा सक्रिय सङ्क्रमण. नेपालमा कोरोनाभाइरस.  .
Presentational white space

कति छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि ४४,४७६ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १४,६७६ जना संस्थागत आइसोलेशनमा र बाँकी २९,८०० जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने