शादी डट कम: भारतीय डेटिङ साइट छालाको रङ्गको जानकारी दिनु पर्ने प्रावधान हटाउन बाध्य

The petition on change.org

तस्बिर स्रोत, change.org

Published

दक्षिण एशियाली विवाहसम्बन्धी वेबसाइट शादी डट कमले उसको वेबसाइटमा रहेको छालाको रङ्ग जनाउने एउटा प्रावधानमाथि विरोध भएपछि हटाएको छ।

सो सुविधा हटाउन डालस अमेरिकाबाट हेटल लखानीले अनलाइन विरोध अभियान सुरु गरेकी थिइन् जसबाट अन्तत: कम्पनी उक्त प्रावधान हटाउन बाध्य भयो।

अमेरिकामा भइरहेको जातिवादी विरोध प्रदर्शनहरूको सन्दर्भमा एक अर्की प्रयोगकर्तासँग छलफल गरेर हेटलले अभियान सुरु गरेकी थिइन्।

शादी डट कमले उक्त प्रावधानले "कुनै उद्देश्यलाई बल पुर्‍याएको थिएन" भन्दै त्यो "हटाउन बिर्सेको एक प्रकारको फोहोर मात्र थियो" भनेको छ।

उक्त वेबसाइट प्रयोगकर्ताले उनीहरूको आफ्नो छालाको रङ्ग कस्तो छ भनेर जानकारी हाल्नुपर्ने प्रावधान थियो।

जीवनसाथीको खोजी

Meghan and Hetal

तस्बिर स्रोत, Meghan/Hetal

मेघन नागपालले उक्त वेबसाइट प्रयोग गरेर भारतीय मूलको जीवनसाथी खोज्न चाहन्थिन्।

तर त्यसमा रहेको छालाको रङ्ग सम्बन्धी प्रावधानबारे उनले एउटा फेसबुक समूहमा कुरा राखिन् जहाँ हेटल पनि सदस्य छिन्।

हेटलले त्यो त अति भयो भनेर विरोध शुरू गरेको बताइन्।

"१४ घण्टामै १,५०० जनाले हस्ताक्षर गरे। हामीले यस्तो काम गर्‍यौँ भनेर कैयौँले खुशी व्यक्त गरे।"

मेगन र हेटल भन्छन् - त्यसपछि शादी डट कमले उनीहरूलाई ट्विटरमा त्यसबारे प्रतिक्रिया दियो र त्यसै रात प्रावधान हटायो।

हेटलले भनिन्, "हामीसँग कैयौँ बीए एमए गरेका तर बिहे नगरेका व्यक्ति छन्। छालाको रङ्गकै कारण बिहे हुन नसक्ने हो भने त्यो त राम्रो भएन।"

मेगनले भनिन्, "यो दक्षिण एशियाली समुदायमा एउटा समानतामुखी सानो पाइला मात्र हो।"

दक्षिण एशियामा रङ्गको मोह

Meghan

तस्बिर स्रोत, Meghan

अमेरिकामा काला जातिका जोर्ज फ्लोइडको मृत्युमा उठेको विरोध सन्दर्भमा दक्षिण एशियामा रहेको रङ्ग मोह पनि चर्चामा आएको छ।

भारतीय नायक र नायिकाहरू एकातिर गोरोपनसम्बन्धी क्रिमको विज्ञापन गर्ने र अर्कोतिर 'ब्ल्याक लाइभ्स म्याटर' भन्ने अभियानको समर्थन गर्ने गरेकोमा विरोधाभाष भएको भन्दै आलोचना भएको छ।

दक्षिण एशियाली समुदायमा खासगरी अलि उमेर ढल्केको पुस्ताले महिलाहरूको सन्दर्भमा "उनी कति गोरी र सुन्दरी" भन्ने टिप्पणी गर्ने गर्छन्। त्यो थाहा नपाई पालिएको पूर्वाग्रह हो।

हेटलले अन्तर्राष्ट्रिय पहुँच भएको त्यस्तो संस्थाले जिम्मेवार हुनुपर्ने बताइन्।

पूर्वाग्रह

हेटल

तस्बिर स्रोत, Hetal

"मान्छेहरूमा पूर्वाग्रह हुन सक्छ तर कम्पनीले त्यस्तो संस्कृतिलाई बढावा दिनु हुँदैन।"

शादी डट कमका बजार निर्देशकले बीबीसीलाई भने, "प्रेम जुनसुकै रङ्गका व्यक्तिबीच हुने हामीलाई विश्वास छ। र हामी भारतमा त्यस्ता व्यक्तिबीच सम्बन्ध बनाएको भन्ने प्रतिनिधित्व गर्न पाउँदा गौरव गर्छौँ।"

प्रिया (नाम परिवर्तन)ले अरू साइटबाट छालाको रङ्गकै कारण अस्वीकृत भएपछि शादी डट कमबाट आफ्ना श्रीमान फेला पारेकी हुन्।

उनले बीबीसी एशियन नेटवर्कलाई भनिन् "मेरो छालाको रङ्ग कालो छ त्यसैले शादी डट कममा छालाको रङ्ग सम्बन्धी जवाफ धेरै सोचेर 'गहुँगोरो' भनेकी थिएँ।"

"मेरी सासु हाम्रो बिहेको कडा विरोधमा थिइन् किनभने उनका छोरा सुन्दर र गोरा छन् जबकी म काली छु। उनको पुस्ता रङ्गका आधारमा सुन्दरता हेर्थ्यो जुन मैलै सधैँ घृणा गरेँ।"

"मैले मेरो रङ्ग परिवर्तन गर्न सक्दिन त्यसैले रङ्ग सम्बन्धी तर्कले मलाई पीडा दिन्छ।"