अनिँदो बसेर विश्वकप हेर्दा स्वास्थ्यमा पर्ने प्रभाव

भिडिओ क्याप्शन सुरु हुँदैछ, अनिँदो बसेर विश्वकप हेर्दा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ?
अनिँदो बसेर विश्वकप हेर्दा स्वास्थ्यमा पर्ने प्रभाव
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

संसारभरका फुटबलप्रेमीहरूको मनमा विशेष पर्वको स्थान बनाएको विश्वकप प्रतियोगीता अमेरिका, मेक्सिको र क्यानडामा सुरु भएको छ। तर फरक 'टाइम जोन'का कारण नेपालमा यो प्रतियोगिताका अधिकांश खेलहरू हेर्ने समय मध्यरातिदेखि बिहान सबेरैसम्म पर्छन्।

त्यसको अर्थ फुटबलप्रेमीहरूको नियमित सुत्ने र आराम गर्ने समय फुटबल खेल हेर्ने बेलामा पर्छ, निद्रा नत्यागी खेलको आनन्द लिन यस पटक मिल्दैन।

तपाईँले यसरी आफ्नो निद्रा त्यागेर विश्वकप फुटबल हेर्ने योजना बनाउनुभएको छ भने आफ्नो स्वास्थ्य अवस्थामा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्।

निद्रा बिथोलिँदा कस्ता समस्या हुन्छन् त?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।