भारत-चीन सीमा विवाद: डोनल्ड ट्रम्प भन्छन्, 'समस्या समाधान गर्न सघाउन अमेरिका इच्छुक'

तस्बिर स्रोत, EPA
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको र सहयोग गर्न इच्छुक भएको बताएका छन्।
उनले दुवै देशसँग अमेरिकाले त्यस विषयमा कुराकानी गरिरहेको जानकारी दिए।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै भने, "यो एकदमै कठिन परिस्थित हो। हामी भारतसँग कुराकानी गरिरहेका छौँ, हामी चीनसँग पनि कुराकानी गरिरहेका छौँ।"
"त्यहाँ दुई देशबीच ठूलो समस्या छ। दुवै आमुन्नेसामुन्ने भएका छन् र हामी अब के हुन्छ हेरिरहेका छौँ। हामी उनीहरूलाई सहयोग गर्न प्रयास गर्दैछौँ।"
गत साता सोमवार राति गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसक सङ्घर्षमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो।
भारतले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ। तर चीनले त्यसबारे आधिकारिक रूपमा केही भनेको छैन।
ट्रम्पको प्रस्ताव पहिला पनि
भारत र चीनबीच विद्यमान तनावबारे अमेरिकी राष्ट्रपतिले गत महिना सामाजिक सञ्जालमा टिप्पणी गर्दै आफू मध्यस्थता गर्न तत्पर भएको बताएका थिए।

तस्बिर स्रोत, NICHOLAS KAMM
एउटा ट्वीटमा ट्रम्पले भनेका थिए, "हामीले भारत र चीन दुवै देशलाई जारी सीमा विवादबारे मध्यस्थता गरिदिन अमेरिका तयार, इच्छुक र सक्षम भएको जानकारी दिएका छौँ। धन्यवाद।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
राष्ट्रपति ट्रम्पले चीनसँगको तनावका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनोदशा नराम्रो भएको टिप्पणी गरेका थिए।
तर ट्रम्पले मध्यस्थताका लागि गरेको प्रस्तावलाई भारत र चीन दुवैले अस्वीकार गरिदिएका थिए।
भारत-चीन तनावप्रति अमेरिकाले चासो व्यक्त गर्दै आएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गलवानमा भारतीय सैनिकको मृत्यु भएकोमा समवेदना प्रकट गरेका थिए।
भारत र चीनको प्रतिक्रिया
यसैबीच गत साता भएको सङ्घर्षको विषयमा भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन्।
चिनियाँ सेनासँग भएको हिंसामा आफ्ना २० सैनिकको ज्यान गएपछि भारतले आवश्यक परे सैन्य शक्ति परिचालन गरेर आफ्नो सीमा रक्षा गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सीमाभित्र विदेशी सैन्य बल प्रवेश नगरेको र आफ्नो भूभाग पनि नगुमेको बताएका छन्।
त्यस्तै उक्त घटनालाई लिएर चिनियाँ पक्षले भारतीय पक्षलाई दोष लगाएको छ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार एक चिनियाँ सैन्य प्रवक्ताले भारतीय सेनाले 'सहमति भङ्ग गरेर' सोमवार बेलुकी गलवान उपत्यकामा सीमाको वास्तविक नियन्त्रणरेखा नाघेको अनि चिनियाँ पक्षलाई उत्तेजित पार्ने गतिविधि गरेका कारण सङ्घर्ष भएको बताएका थिए।
तर उक्त सङ्घर्षमा गोली भने नचलेको दुवै पक्षले जनाएका छन्।























