कोरोनाभाइरस: महामारीबीच जलवायु सम्मेलन यो वर्ष आयोजना नहुने

ग्लास्गो

तस्बिर स्रोत, SEC

तस्बिरको क्याप्शन, महत्त्वपूर्ण वार्ताहरूको आतिथ्यता गर्न लागेको ग्लास्गोको स्कटिस इभेन्ट्स क्याम्पस अब कोभिड-१९ का बिरामीका लागि अस्थायी अस्पतालको रूपमा परिवर्तन गरिँदैछ
Published

कोरोनाभाइरस महामारीका कारण ब्रिटेनको ग्लास्गोमा तय भएको एउटा महत्त्वपूर्ण जलवायु सम्मेलन अर्को वर्षसम्मका लागि पर सारिएको छ।

ब्रिटेन र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्।

यसै वर्षको नोभेम्बर ९ बाट सुरु हुने बताइएको राष्ट्रसङ्घीय वार्षिक भेला कोप-२६ मा दर्जनौँ विश्व नेताहरू सहभागी हुँदैथिए।

अब सन् २०२१ मा

अब उक्त सम्मेलन सन् २०२१ को मध्यसम्ममा हुने अपेक्षा गरिएको छ।

विश्वभरि भाइरसको सङ्क्रमण फैलिरहँदा पछिल्ला साता यो सम्मेलन पनि पर सारियोस् भन्ने आवाजहरू सुनिन थालेका थिए।

स्कटल्याण्डको ग्लास्गो शहरमा सम्मेलनको लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको सङ्ख्यामा मानिसहरू भेला हुँदैथिए।

सम्मेलनको प्रस्तावित अध्यक्ष ब्रिटिश मन्त्री आलोक शर्माले निकट भविष्यमा भेलाको नयाँ मिति तय हुने बताए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सम्मेलनको प्रस्तावित अध्यक्ष ब्रिटिश मन्त्री आलोक शर्माले निकट भविष्यमा भेलाको नयाँ मिति तय हुने बताए

महत्त्वपूर्ण वार्ताहरूको आतिथ्यता गर्ने ग्लास्गोको स्कटिस इभेन्ट्स क्याम्पस अब कोभिड-१९ का बिरामीका लागि अस्थायी अस्पतालको रूपमा परिवर्तन गरिँदैछ।

भाइरसले देशहरूका प्राथमिकतामा बदलाव ल्याउन पारेको बाध्यात्मक अवस्था समेत स्पष्ट रूपमा देखिन्छ।

कोप २६ को महत्त्व

जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण प्यारिस सम्झौता भएको पाँच वर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो।

वातावरणवादी समूहहरूले यो टार्न नसकिने निर्णय भएको बताएका छन्।

यद्यपि यस सम्मेलन यसअघि नै यूके र स्कटिस सरकारबीचको असहज अवस्थाले विवादित बनिसकेको थियो।

त्यसको एउटा कारण वार्ताहरू सञ्चालन गर्ने जिम्मा पाएकी मन्त्री क्लेअर ओ'निललाई प्रधानमन्त्री बोरिस जोनसनले बर्खास्त गरिदिनु रहेको थियो।

'अवसर'

द इन्स्चिच्युट फर न्यू इकोनोमिक थिङ्किङका अडयर टर्नर भन्छन्: "यस महामारीले कोप २६ का लागि हाम्रा प्राथमिकताका तहलाई पुर्नव्यवस्थित गर्नेछ।"

"कार्बन कम उत्सर्जन गर्ने नयाँ प्राथमिकता अब अर्थतन्त्रलाई पुनर्निर्माण गर्नुपर्ने अवस्थामाझ अवसरका रूपमा देखिनेछ।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर