बागलुङमा शालिग्राम सङ्ग्रहालय बनेपछि त्यसले उक्त दुर्लभ शिलाको संरक्षणमा सहयोग पुर्याउने स्थानीय अगुवाहरूले अपेक्षा गरेका छन्।
हिन्दू धर्मग्रन्थमा शालिग्रामलाई भगवान् विष्णुको अवतार मानिएको छ। वैज्ञानिकहरू शालिग्राम प्राचीन कालका जीवाश्म भएको बताउँछन्।
सङ्ग्रहालयले पर्यटकहरूलाई आकर्षित गर्ने र नजिकै रहेका तीर्थस्थलको पनि प्रवर्धन हुने आशा गरिएको छ।
तस्बिरको क्याप्शन, शालिग्रामको महत्त्वबारे चेतना जगाउने र संरक्षणमा ध्यान दिने उद्देश्यले झन्डै छ करोड रुपैयाँ खर्च गरेर सङ्ग्रहालय बनाइएको बताइन्छ। यहाँ धेरै किसिमका शिलाहरू सङ्कलित छन्
तस्बिरको क्याप्शन, स्वामी श्रीधराचार्यको नाममा उक्त सङ्ग्रहालय खोलिएको हो। शालिग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणमा काम गर्ने अभियन्ताका रूपमा उनी चिनिन्छन्। दुई दर्जन पुस्तक निकालेका उनको २०५६ सालमै निधन भएको थियो
वैज्ञानिकहरूका अनुसार शालिग्राम लाखौँ वर्ष पहिले अस्तित्वमा रहेको टेथिस सागरमा पाइने विभिन्न जीवहरूको जीवाश्म हो।
मुक्तिक्षेत्र र कालीगण्डकी नदी शालिग्राम शिला पाइने स्थानका रूपमा प्रख्यात छन्।
तस्बिरको क्याप्शन, ४० बर्ष देखि सङ्कलन गरिएका शालिग्राममलाई संरक्षण गर्न १०० फिट लामो सुरुङ भएको संरचना बनाइएको छ। उक्त सङ्ग्रहालयमा शालिग्रामको अलग्गै खण्ड हुने तथा वृत्तचित्र देखाउने व्यवस्था पनि मिलाइने बताइएको छ
तस्बिरको क्याप्शन, गत महिनादेखि सञ्चालनमा आएको सङ्ग्रहालय परिसरनजिकै मन्दिर र विद्याश्रम पनि छन्। केही संरचना निर्माणको अन्तिम चरणमा रहेको बताइन्छ
तस्बिरको क्याप्शन, सङ्ग्रहालयमार्फत् शालिग्रामको महत्त्वसँगै दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका तीर्थस्थलको महत्त्वबारे प्रचार गरिने सञ्चालकहरूले बताएका छन्
तस्बिरको क्याप्शन, हिन्दू धर्मावलम्बीहरू शालिग्रामलाई विष्णुको अवतार मान्छन्
तस्बिरको क्याप्शन, भगवान् विष्णुसँग जोडिएका विभिन्न किंवदन्तीका आधारमा शालिग्रामको नामारण हुने गरेको छ। यो शालिग्रामलाई त्रिविक्रम भनिन्छ। विष्णुले तीनै लोकमा शासन गरेको विश्वासमा यस्तो नाम राखिएको हो
तस्बिरको क्याप्शन, वराहको स्वरूप भएको तर चक्र नभएको शलिग्रामलाई हिरण्यगर्भ नाम दिइएको छ
तस्बिरको क्याप्शन, पुराणहरूमा वर्णन गरिएको भनिएका सिंहसँग जोडिएको शालिग्रामलाई ज्वाला नृसिंह भनिन्छ। गृहस्थाश्रम र विवाहबाट टाढा रहेका व्यक्तले यस्तो शालिग्रामलाई बढी पूज्ने गरेको बताइन्छ
तस्बिरको क्याप्शन, चारचक्रे लक्ष्मीनारायण शालिग्रामलाई दुर्लभ हुन्छ। चक्रको सङ्ख्या अनुसार शालिग्रामलाई भिन्न नाम दिइन्छ। चारवटा चक्र भएको शालिग्रामलाई लक्ष्मीनारायण भन्ने गरिन्छ
तस्बिरको क्याप्शन, कल्कीलाई भगवान् विष्णुको दशौँ अवतार मानिन्छ। कल्कीको स्वरूप ग्रहण गरेपछि सत्ययुग आरम्भ हुने पौराणिक मान्यता रहेको छ
शालिग्रामका लागि प्रख्यात कालीगण्डकी नदी मुस्ताङबाट तल झर्दै बगेर नारायणीमा मिसिन्छ।
यथोचित संरक्षण नभएकाले नदीबाट शालिग्रामको चोरीनिकासी हुने गरेको गुनासो स्थानीयवासीले गर्ने गरेका छन्।