ब्रजिलमा फुटबल क्लबको विजय र्यालीमा प्रशंसक र प्रहरीबीच भिडन्त

तस्बिर स्रोत, Reuters
ब्रजिलको रिओ नगरमा फुटबल प्रशंसक र दङ्गा प्रहरीबीच भिडन्तहरू भएका छन्। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने फ्लेमिङ्गुका समर्थकहरूले विजयोत्सव मनाउने क्रममा स्थिति अनियन्त्रित भएको थियो।
कोपा लिबर्टाडोरेस जितेर घर फर्किएको क्लबका खेलाडीहरूलाई स्वागत गर्न हजारौँ मानिसहरू रिओको मध्य भागमा भेला भएका थिए।
तर विजय र्यालीको उत्तरार्धतिर परिस्थिति बिग्रियो। आफूमाथि ढुङ्गा र बोतल प्रहार गरिएपछि प्रहरीले अश्रुग्यास प्रयोग गर्यो।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters
घटनास्थलमा खिचिएका तस्बिरमा अश्रुग्यास प्रहार भएपछि मानिसहरू भागेको देखिन्छ। भिड अस्तव्यस्त हुँदै गर्दा प्रहरीले बल प्रयोग गरेको पनि देखिन्छ।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters
विजयोत्सवमा सहभागी प्रशंसकहरूले फ्लामिङ्गु क्लबका खेलाडीको जस्तै रातो र कालो पोसाक लगाएका थिए। पेरुको लिमामा शनिवार आयोजित खेलमा उक्त क्लबले आर्जेन्टिनाको रिभर प्लेट क्लबलाई २-१ गोलले हराएको थियो।

तस्बिर स्रोत, AFP
विजय र्यालीमा सुरक्षाकर्मीहरूले घेरेर खेलाडीहरू चढेको गाडीलाई घुमाएका थिए।
के कारणले भिड अनियन्त्रित भयो र हिंसा सुरु भयो त्यो स्पष्ट हुन सकेको छैन। तर एउटा मुख्य मार्गमा प्रशंसकहरूले सुरक्षाघेरा भङ्ग गर्न खोजेको विवरण स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

तस्बिर स्रोत, AFP
त्यही स्थानमा प्रहरी आएपछि भिडन्त भएको थियो।
प्रहरीले कारबाही गरेर सडक खाली गराएको र स्थिति नियन्त्रणमा लिएको बताइएको छ।
सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख भएअनुसार सुरक्षित





















