युक्रेनको परमाणु ऊर्जा केन्द्र रुसको कब्जामा, पश्चिमा नेताहरूद्वारा मस्कोको निन्दा
रुसले युक्रेनस्थित एक परमाणु ऊर्जा केन्द्रमा हमला गर्दा आगलागी समेत भएपछि विश्व नेताहरूले मस्कोले पूरै महादेशको सुरक्षा जोखिममा पारिदिएको आरोप लगाएका छन्।
लाइभ कभरेज
च्याम्पिअन्स लीगको फाइनल खेल रुसमा नहुने
रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिअन्स लीग प्रतियोगिताको फाइनल खेल रुसको साटो फ्रान्समा हुने भएको छ।
यसअघि युरोपेली फुटबलको सबैभन्दा सम्मानित प्रतियोगिताको फाइनल खेल सेन्ट पिटर्सबर्गमा मे २८ मा हुने कार्यक्रम थियो।
शुक्रवार आयोजित एउटा बैठकमा यूईएफएले त्यसबारे निर्णय गर्दै फाइनल खेल फ्रान्समा गर्ने निर्णय गरेको हो।
रुसद्वारा यूकेसँग सम्बद्ध विमानहरूमाथि प्रतिबन्ध
रुसले युक्रेनमा
अतिक्रमण गरेपछि उसको राष्ट्रिय ध्वजावाहकमाथि ब्रिटेनले प्रतिबन्ध लगाएपछि रुसले
पनि जबाफी कदम चालेको छ।
रुसले यूके सम्बद्ध विमानहरूलाई
आफ्नो हवाई क्षेत्रमा उड्नमा प्रतिबन्ध गरेको छ।
“यूकेसँग सम्बद्ध संस्था अथवा यूकेमा
दर्ता भएका संस्थाको स्वामित्वमा रहेका,भाडामा लिइएका वा तिनीहरूबाट सञ्चालित सबै विमानहरूको रुसी हवाई क्षेत्रमा उडानमा
प्रतिबन्ध लगाइएको छ,” रुसी उड्डयन निकायले भनेको छ।
यूकेका उड्डयन अधिकारीहरूले
गरेका “गैरमित्रवत् निर्णय”को जबाफमा पछिल्लो कदम चालेको रुसले जनाएको छ।
तस्बिर स्रोत, EPA
युक्रेनी सेनाद्वारा सबै उमेरका मानिसलाई भर्ती हुन आग्रह
युक्रेनको रक्षा
मन्त्रालयले उमेरको वास्ता नगरी सबैलाई सेनामा भर्ती हुन भन्दै पुनः ट्वीट गरेको
छ।
सैन्य कमान्डर युरी गलुश्किनलाई
हवाला दिँदै वक्तव्य जारी गरिएको छ।
“आज युक्रेनलाई सबै थोक चाहिएको छ। सेनामा
भर्ती हुने सबै प्रक्रिया सरल बनाइएको छ।”
“आफ्नो पासपोर्ट र पहिचान खुल्ने नम्बर मात्र लिएर आउनुहोस्। उमेरको कुनै छेकबार
छैन।”
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
रुसद्वारा २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा बमबारीः युक्रेन
युक्रेनी आन्तरिक मामिला
मन्त्रालयका एक अधिकारीले रुसी सेनाले दर्जनौँ गैरसैनिक स्थललाई निसाना बनाइरहेको
जनाएको छ।
“गैरसैनिक स्थलहरूमा आक्रमण नगरेको
रुसीहरूले दाबी गरेका छन्। तर गत २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा हमला भएको छ,” भेडिम देनिसेन्कोले समाचारसंस्था रोयटर्ससँग भने।
रुसी फौज तीव्र रूपमा उत्तर, पूर्व र दक्षिणतिरबाट राजधानी किएभतर्फ बढिरहेका छन्।
युक्रेनी अधिकारीहरूका
अनुसार रुसी आक्रमणकारीहरू सहरभित्र पहिल्यै पुगिसकेका छन्।
किएभ क्षेत्रमा रुसी ट्याङ्क गुडेको भिडिओ
सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किएभ क्षेत्रमा गुडिरहेको देखिएको छ।
केही क्षणअघि युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिकहरू किएभको उत्तरमा रहेको ओबोलोन क्षेत्रमा छिरेको पुष्टि गरेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरू स्थानीय बासिन्दाहरूले आफ्नो घरबाट खिचेको जस्तो देखिन्छ।
यी भिडिओ ओबोलोनमै खिचिएको बीबीसीले पुष्टि गरेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
यूकेका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न
नसकेको ब्रिटिश गुप्तचर निकायहरूको आकलनबाट देखिएको बताएका छन्।
“युक्रेनले प्रतिकार गरेका कारण रुस
विफल भएको छ,” रेडिओ फोरसँग कुरा गर्दै बेन वोलिसभने।
युक्रेनले घातक
अस्त्रहरू सहयोगमा पाएर प्रतिकार गरेको कारण रुस विफल भएको उनले उल्लेख गरे।
“रुसी सशस्त्र फौजले करिब ४५० जना
सदस्य गुमाएको छ। किएभदेखि केही पर उत्तरमा रहेको विमानस्थल कब्जामा लिन पनि उसको विशेष फौज विफल भएको छ।”
ब्रेकिंग, 'रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगे'
रुसी सैनिकहरू राजधानी किएभ पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्।
युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा "शत्रु" ओबोलोन क्षेत्र आइपुगेको जनाएको छ।
युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्।
बीबीसी संवाददाताहरूका अनुसार ठूलाठूला विस्फोटनको आवाज सुनिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
किएभमा सुनियो गोली हानाहानको आवाज
रुसी फौज अगाडि बढिरहँदा
युक्रेनी राजधानी किएभमा गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आइरहेका छन्।
बीबीसी संवाददाता पोल
एडम्सले पनि आफूले त्यस्तो आवाज सुनेको बताएका छन्।
अनुसन्धनात्मक
पत्रकारिता गर्ने बेलिङ्क्याट वेबसाइटका कार्यकारी निर्देशक क्रिस्टो ग्रोजेभले गोली
हानाहानको आवाज सुनिने भिडिओ फुटेज पोस्ट गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
रुसी आक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने चेतावनी
तस्बिर स्रोत, Getty Images
लडाइँ जारी रहँदा र रुसी
फौजहरू अगाडि बढिरहँदा ठूलो सङ्ख्यामा युक्रेनका नागरिक सुरक्षित स्थलतर्फ भाग्न
थालेका छन्।
संयुक्त राष्ट्रसङ्घका
अनुसार बिहीवार मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् जसमध्ये अधिकांश
आन्तरिक रूपमा विस्थापित भएका छन्।
पोल्यान्डले युद्धका
कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधिहरू दिन युक्रेनसँगको
सीमानाकामा सम्पर्क केन्द्रहरू स्थापना गरेको छ।
यद्यपि मानिसहरू सीमा
कटिनसकेको बताइएको छ। कतिपय युक्रेनीहरू रोमानिया
र हङ्गेरी पुगेका छन्।
अमेरिकाले रुसी अतिक्रमणका
कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट
सिर्जना गर्ने चेतावनी दिएको छ।
ब्रिटेनका अग्रणी मानव
अधिकार सङ्गठनहरूको एउटा समूहले ठूलो सङ्ख्यामा शरणार्थीहरूलाई स्वागत गर्न अपील
गरेको छ।
रुसी फौजद्वारा युक्रेनको एउटा टापु कब्जा
रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको
छ।
युद्धपोतबाट रुसी पक्षले
आत्मसमर्पण गर्न भनेपछि स्नेक आइल्यान्डमा रहेका सीमा सुरक्षा गार्डहरूले सानो स्तरमा
र अवज्ञाकारी सन्देशमार्फत् प्रतिवाद गरेको युक्रेनी आन्तरिक मामिला मन्त्रालयले
जनाएको छ।
त्यसपछि रुसी पक्षले
गरेको बमबारीमा युक्रेनी सीमामा परिचालित १३ सुरक्षाकर्मीको ज्यान गएको थियो।
उनीहरूलाई “युक्रेनका नायक” का रूपमा सम्मानित गरिने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
किएभलाई घेरा हाल्ने रुसको रणनीतिः युक्रेन
तस्बिर स्रोत, Reuters
ब्ल्याक सी तटबाट बाटो बनाउँदै अघि बढेको रुसी सेनाको राजधानी किएभलाई घेरा हाल्ने रणनीति बनाएको युक्रेनी
सेनाले जनाएको छ।
किएभदेखि १५ किलोमिटर उत्तरमा अवस्थित एउटा विमानस्थललाई नियन्त्रण गर्न विमानमार्फत् पुगेका रुसी सैनिकहरूमाथि युक्रेनी
सेनाले ले प्रत्याक्रमण गरेको छ।
क्राइमियाबाट
उत्तरतर्फ लागेको रुसी फौजका लश्कर तीव्र गतिमा अगाडि बढिरहेका छन्।
युक्रेनको पूर्वी
सीमामा पनि लडाइँ चर्किरहेको छ। सुमी नगररमा रातभरि भीषण भिडन्त भएको छ।
स्थानीय अधिकारीहरूका
अनुसार कोनोटोप सहरलाई घेरा हालिएको छ र रुसी फौज किएभको पश्चिमतर्फ बढिरहेको छ।
युक्रेनी सेनका अनुसार
रुसी सेनाका ६० वटा रणनीतिक डफ्फा युक्रेनभित्र छिरिसकेका छन्।
रुसी सेनाका दर्जनौँ
ट्याङ्कका साथै हेलिकप्टर तथा लडाकु विमानहरू ध्वस्त पारिएको युक्रेनी सेनाले दाबी गरेको छ।
रुस भित्रै प्रदर्शन, सयौँ मानिस गिरफ्तार
तस्बिर स्रोत, GETTY IMAGES
युक्रेनमाथि
रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको
त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।
राजधानी मस्को, सेन्ट
पिटर्सबर्ग र अन्य मुख्य सहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको
शुक्रवार दोस्रो दिन हो।
विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने
समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जना पक्राउ
परेका छन्।
युक्रेनमाथि सैन्य
आक्रमण गरेको रुसमाथि युरोपेली सङ्घ ईयूले ठूलो स्तरको नयाँ प्रतिबन्धहरू घोषणा
गरेको छ।
सो क्रममा युरोपेली सङ्घकी
अध्यक्ष उर्जुला फोनडेअर लायनले युरोपमा परिवर्तनकारी क्षणबारे धारणा राखेकी छन्।
नयाँ प्रतिबन्धले आर्थिक
क्षेत्र, ऊर्जा,यातायात र रुसी संभ्रान्त व्यक्तिहरूको भिसालाई
लक्षित गरेको ब्रसल्समा शुक्रवार सखारै सकिएको बैठकपछि उनले बताइन्।
तेल प्रशोधन
केन्द्रहरूमा स्तरोन्ति गर्नका लागि प्रविधिहरू अथवा विमानका पार्टपुर्जा खरिद गर्न
नयाँ कदमले रुसलाई असम्भव तुल्याउने फोनडेअर लायनले उल्लेख गरिन्।
“आज राति अनुमोदित व्यापक र लक्षित प्रतिबन्धहरूले
ईयू कत्तिको एकढिक्का छ भन्ने देखाएको छ,” उनले ट्वीटमार्फत् भनेकी
छन्।
फ्रेन्च राष्ट्रपति एमानुएम
माक्रोँले ३० करोड युरो सहायताका साथै सैन्य उपकरण पनि उपलब्ध गराइने बताए।
नयाँ प्रतिबन्धले ईयूमा
रुसी ग्यासको आयातलाई चाहिँ छोएको छैन।