एसीसी प्रिमिअर कप: यूएई ११७ रनमा अलआउट, नेपाल ब्याटिङ गर्दै

नेपाली क्रिकेट

तस्बिर स्रोत, CAN

Published

एसीसी प्रिमिअर कपको मङ्गलबार सुरु भएको फाइनलको दोस्रो दिनको खेलमा यूएई ११७ रनमा अलआउट भएपछि नेपालले ब्याटिङ सुरु गरिसकेको छ।

यो समाचार तयार पारुन्जेल नेपालले १२ ओभर खेलिसकेको छ र २८ रन जोडेको छ।

नेपालको तीन विकेट गइसकेको छ।

ललितनारायण राजवंशीले ३३.१ ओभरमा जुनेद सिद्दिकीको विकेट लिएपछि यूएई अलआउट भएको हो।

हिजो सोमवार वर्षाले खेल बिथोलिएपछि बाँकी खेल आजको 'रिजर्भ डे'मा सारिएको थियो। खेल रोकिँदा यूएई १०६-९ को स्थितिमा थियो भने बलिङ राजवंशीले गरिरहेका थिए। सोही स्थितिबाट खेल सुरु भएको हो।

साङ्केतिक तस्बिर
साङ्केतिक तस्बिर

आज पनि वर्षाको पूर्वानुमान

नेपाली क्रिकेट

तस्बिर स्रोत, CAN

मङ्गलवार पनि वर्षा हुने पूर्वानुमान रहेकोले नेपाली बलरहरूले छिटोभन्दा छिटो यूएईको अन्तिम विकेट लिने प्रयास गरेका थिए।

त्यसका लागि कप्तान रोहित पौडेलले स्पिनरहरू राजवंशी र सन्दीप लामिछानेलाई मात्र प्रयोग गरेका थिए।

तर अन्तिम विकेट लिन चार ओभरको समय लाग्यो।

लामिछानेले दुई ओभर बलिङ गरे।

अन्ततः राजवंशीले ३४ ओभरको पहिलो बलमा सिद्धिकी (१० रन) लाई कुशल भुर्तेलबाट क्याच आउट गराए।

यसबीचमा यूएईले ११ रन थप्यो भने सिद्धिकीले एक छक्का प्रहार गर्न भ्याएका थिए।

नेपालले अब ५० ओभरमा ११८ रनको सजिलो लक्ष्य पाएको छ। टोलीले ब्याटिङ थालेको छ।

यदि आज वर्षा अगाडि २० ओभरको खेल सम्भव भएमा खेलको नतिजा ‘डकवर्थ लुइस प्रणाली’ (डीएलएस) बाट गरिनेछ।