युक्रेन तनाव: ४८ घण्टाभित्र रुससँग छलफल गर्न किएभको आह्वान

युक्रेनका सैनिक तथा प्रहरीहरूले हालैका दिनमा आफ्ना अभ्यासहरू बढाएका छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युक्रेनका सैनिक तथा प्रहरीहरूले हालैका दिनमा आफ्ना अभ्यासहरू बढाएका छन्।
Published

युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ।

युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन्।

विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई 'अर्को कदम' बताउँदै त्यसमा रुसी योजनाको 'पारदर्शिता' खोजिएको बताए।

कस्तो वार्ता?

युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताइएको छ।

उक्त सम्झौतालाई एउटा युरोपेली अन्तरसरकारी सुरक्षा सङ्गठन ओएससीईले स्वीकारेको छ जसमा रुस समेत सदस्य छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो?

युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ।

तर केही पश्चिमा देशले रुसले हमलाको तयारी गरिरहेको आरोप लगाएका छन्।

अमेरिका के भन्छ?

अमेरिकाले मस्कोले 'जुनकुनै बेला' हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ।

एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनका स्वयंसेवी लडाकुहरू

सीबीएस न्यूजले तीनवटा स्रोतलाई उल्लेख गर्दै अमेरिकाले किएभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताए।

समस्या सुल्झाउन 'युक्रेन उदार'

यूकेका लागि युक्रेनी राजदूतले बीबीसीसँगको कुराकानी सैन्य द्वन्द छल्नका लागि आफ्नो देशले नेटो सैन्य गठबन्धनमा सदस्य हुने महत्त्वकांक्षा त्याग्न सक्ने बताएका छन्।

भयदिम प्राइसटेकोले भने, "हामी यस समस्याको निकास निकाल्ने प्रयासमा उदार छौँ। गम्भीर सम्झौताहरू गर्नुपरे तापनि हामी त्यसमा अवश्य विचार गर्नेछौँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, शान्तिका लागि गाइरहेको युक्रेनी युवाको सङ्गीत समूह

उक्त विषय एउटा मुख्य रुसी मागका रूपमा छ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति बाइडनलाई किएभ भ्रमणको निम्तो दिएका छन्।