तस्बिरमा यो साता: १३-१९ नोभेम्बर २०२१

Published

यो साता विश्वभर खिचिएका प्रभावशाली समाचार तस्बिरमध्ये रोजिएका केही

समारोह नोभेम्बर १४मा लन्डनमा आयोजना गरिएको थियो

तस्बिर स्रोत, Daniel Leal / AFP

तस्बिरको क्याप्शन, द ड्यूक अफ केम्ब्रिज, राजकुमार विलियम्सले पहिलो विश्वयुद्ध समाप्त भएको १०३ वर्ष पुगेको अवसरमा आयोजित द रिमेम्बरेन्स सन्डे समारोहमा मार्च पास गरिरहेका पूर्व सैनिकहरूलाई सलामी ठोक्दै लन्डनमा।
Transparent line
१७ नोभेम्बरका दिन खिचिएको फोटो

तस्बिर स्रोत, Maxim Guchek / Belta / AFP

तस्बिरको क्याप्शन, बेलारुस र पोल्यान्डबीचको ब्रुजगी कन्जनिका सीमा नाका नजिकै आप्रवासीहरू आगो ताप्दै। उक्त क्षेत्रमा खाली गरिएको शिविर ईयू जाने आशमा रहेका २००० मानिसहरूको अस्थायी घर बनेको छ।
Transparent line
१६ नोभेम्बरका दिन परेको पानीले बाढी आएको थियो

तस्बिर स्रोत, Jennifer Gauthier / Reuters

तस्बिरको क्याप्शन, एबोट्सफोर्ड ब्रिटिश कोलम्बिया, क्यानडामा हालै भएको अति वृष्टिले बाढी आएपछि समस्यामा परेका गाईहरूको उद्धार गरिँदै। बाढीका कारण राजमार्गहरू बन्द भएका थिए, पहिरो गएको र बाढी आएको थियो।
Transparent line
१५ नोभेम्बरका दिन वाओरानी महिलाहरू फोटो खिचाउँदै

तस्बिर स्रोत, Johanna Alarcon / Reuters

तस्बिरको क्याप्शन, सिनानगोमा वाओरानीमा महिलाहरू एक्वेडरको संबैधानिक अदालतका न्यायाधीशको सुनुवाइ पर्खिँदै। आदिवासी समुदाय बसोबास गर्ने क्षेत्रमा भएका खानी आयोजनाहरूको विरोध गर्ने आफ्नो अधिकारको बचाउ गर्न उनीहरू एमजनको केन्द्रभागबाट आएका हुन्।
Transparent line
द रिमेम्बरेन्स सन्डेका दिन एउटा ट्याक्सीमा बम विस्फोट भएपछि लिभरपुलस्थित महिला अस्पताल अगाडि प्रहरी अधिकारीहरू अनुसन्धान गर्दै। कारमा घरेलु बम विस्फोट हुँदा ३२ वर्षीय एमाद अल स्वेलमीन मारिएका थिए।

तस्बिर स्रोत, Dibyangshu Sarkar / AFP

तस्बिरको क्याप्शन, द रिमेम्बरेन्स सन्डेका दिन एउटा ट्याक्सीमा बम विस्फोट भएपछि लिभरपुलस्थित महिला अस्पताल अगाडि प्रहरी अधिकारीहरू अनुसन्धान गर्दै। कारमा घरेलु बम विस्फोट हुँदा ३२ वर्षीय एमाद अल स्वेलमीन मारिएका थिए।
Transparent line

तस्बिर स्रोत, Dibyangshu Sarkar / AFP

लामखुट्टेले सर्ने रोगबाट बचाउन भारतको कोलकाता शहरमा नगरपालिकाका कर्मचारीहरू झुपडबस्तीमा धुवाँबाट लामखुट्टे नाश गर्ने प्रयत्न गर्दै।

तस्बिर स्रोत, Dibyangshu Sarkar / AFP

तस्बिरको क्याप्शन, भारतको कोलकाता शहरमा नगरपालिकाका कर्मचारीहरू झुपडबस्तीमा लामखुट्टेले सर्ने रोगबाट बचाउन धुवाँबाट बस्तीका लामखुट्टे नाश गर्ने प्रयत्न गर्दै।
Transparent line
एउटा जिज्ञाशु लीमर (एक प्रकारको बाँदर प्रजाति) चीनको पूर्वी श्यानडोङ प्रान्तमा रहेको क्वीङडाओ फरेस्ट वाइल्डलाइफ वर्ल्डमा तस्बिर खिचिरहेका एक व्यक्तिको क्यामेराको लेन्सबाट हेर्दैछ

तस्बिर स्रोत, STR / AFP

तस्बिरको क्याप्शन, एउटा जिज्ञाशु लीमर (एक प्रकारको बाँदर प्रजाति) चीनको पूर्वी श्यानडोङ प्रान्तमा रहेको क्वीङडाओ फरेस्ट वाइल्डलाइफ वर्ल्डमा तस्बिर खिचिरहेका एक व्यक्तिको क्यामेराको लेन्सबाट हेर्दैछ।
Transparent line
2021इन्डोनेशियाको जरानी गाउँमा बाढीले क्षति पुर्‍याएको पुलबाट हिँड्दै एक विद्यार्थी

तस्बिर स्रोत, Antara Foto / Bayu Pratama S via Reuters

तस्बिरको क्याप्शन, इन्डोनेशियाको जरानी गाउँमा बाढीले क्षति पुर्‍याएको पुलबाट हिँड्दै एक विद्यार्थी
Transparent line
तुवाँलो लागेको बिहान दिल्ली भारतमा यमुना नदीमा डुङ्गाबाट सीगल चराहरूलाई खाना खुवाउँदै मानिसहरू

तस्बिर स्रोत, Navesh Chitrakar / Reuters

तस्बिरको क्याप्शन, तुवाँलो लागेको नोभेम्बर महिनाको एक बिहान दिल्ली भारतमा यमुना नदीमा डुङ्गाबाट सीगल चराहरूलाई खाना खुवाउँदै मानिसहरू
Transparent line

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।