कोभिड नेपालः थप ३,३६५ जनामा कोरोना भाइरस सङ्क्रमण, १६ जनाको मृत्यु

परीक्षण

तस्बिर स्रोत, EPA

Published

नेपालमा थप ३,३६५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १६ जनाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहीवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १४,२४२ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,६८७ जनाको परीक्षण एन्टिजन विधिबाट र बाँकीको पीसीआर विधिबाट गरिएको हो।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,३७३ जना सङ्क्रमणमुक्त भएका छन्।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या साढे सात लाख नाघेको छ भने मृतकको सङ्ख्या ९,८०७ पुगेको छ।

अहिले कुल परीक्षणको २३.६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

कहाँ छन् सङ्क्रमित?

यो विगतका सातामा भन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये झन्डै ३,०३५ सयजना संस्थागत आइसोलेशनमा र अन्य २७,३५५ जना घरमै छन्।

संस्थागत आइशोलेशनमा सङ्क्रमितमध्ये अहिले ६३६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६० जना भेन्टिलेटरमा छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, झापा, सुनसरी, काठमाण्डू, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की र रूपन्देही रहेका छन्।

दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा धनकुटा, धनुषा, बारा, सप्तरी, सिरहा, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, बाग्लुङ, तनहुँ, लम्जुङ, पर्वत, बर्दिया, दाङ, पाल्पा, सुर्खेत, कैलाली र कञ्चनपुर रहेका छन्।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line