तस्बिरमा यो साता: २६ जून- जुलाई

Published

यो साता संसारभर खिचिएका शक्तिशाली समाचार तस्बिरहरूमध्ये केही रोजिएका तस्बिर।

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी समारोहका लागि झिलिमिली बिजुलीले सजाइएका घरहरू र आकाशमा बिजुली चम्किँदा देखिएको दृश्य।

तस्बिर स्रोत, Noel Celis / AFP

तस्बिरको क्याप्शन, चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी समारोहका लागि बेइजिङमा झिलिमिली बिजुलीले सजाइएका घरहरू र आकाशमा बिजुली चम्किँदा देखिएको दृश्य। शतवार्षिकी समारोहमा राष्ट्रपति सी जिनपिङले चीनलाई धम्क्याउने विदेशी मुलुकको 'टाउको फोडिदिने' चेतावनी दिएका थिए।
Transparent line
ड्यूक अफ केम्ब्रीज र ड्यूक अफ ससिक्स आफ्नी आमा डायना, प्रीन्सेस अप वेल्सको केन्सिङटन दरबारको द सन्कन गार्डेनमा अनावरण गरिएको मूर्ति अवलोकन गर्दै।

तस्बिर स्रोत, Dominic Lipinski / PA Media

तस्बिरको क्याप्शन, ड्यूक अफ केम्ब्रीज र ड्यूक अफ ससिक्स आफ्नी आमा डायना, प्रीन्सेस अप वेल्सको केन्सिङटन दरबारको द सन्कन गार्डेनमा अनावरण गरिएको मूर्ति अवलोकन गर्दै। राजकुमार विलियम र ह्यारीले आफ्नी आमाको ६० औँ जन्मजयन्तीका अवसरमा उक्त मूर्ति संयुक्त रूपमा अनावरण गरेका हुन्।
Transparent line
भिक्टोरिया क्यानडास्थित ब्रिटिश कोलम्बिया संसद भवन अगाडि राखिएको फोहराको पानीबाट शीतल लिन खोज्दै मानिसहरू।

तस्बिर स्रोत, Mert Alper Dervis / Getty Images

तस्बिरको क्याप्शन, भिक्टोरिया क्यानडास्थित ब्रिटिश कोलम्बिया संसद् भवन अगाडि राखिएको फोहराको पानीबाट शीतल लिन खोज्दै मानिसहरू। उष्ण लहरले क्यानडा र अमेरिकाका केही भागमा ५० डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो।
Transparent line
लहोर पाकिस्तानको गर्मी दिनमा रवि नदीको किनारै किनार भैँसीहरू हेर्दै गरेका एक किसान।

तस्बिर स्रोत, Arif Ali / AFP

तस्बिरको क्याप्शन, लहोर पाकिस्तानको गर्मी दिनमा रवि नदीको किनारै किनार भैँसीहरूको पछि पछि हिँड्दै गरेका एक किसान।
Transparent line
इङल्यान्डका क्याप्टेन ह्यारी केन (दायाँ) लन्डनको वेम्ब्ली स्टेडियममा यूईएफए युरो २०२० फुटबल प्रतियोगितामा जर्मनीविरुद्ध दोस्रो गोल हाल्दै

तस्बिर स्रोत, John Sibley / AFP

तस्बिरको क्याप्शन, इङल्यान्डका क्याप्टेन ह्यारी केन (दायाँ) लन्डनको वेम्ब्ली रङ्गशालामा यूईएफए युरो २०२० फुटबल प्रतियोगितामा जर्मनी विरुद्ध दोस्रो गोल हाल्दै, त्यसपछि इङ्गल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको छ।
Transparent line
इथियोपिया मिकेलीमा लडाकु फौजले नियन्त्रण जमाएपछि टिग्रे झण्डाको रङ पोतिएको घोडामा सवार एक मानिस।

तस्बिर स्रोत, Yasuyoshi Chiba / AFP

तस्बिरको क्याप्शन, इथियोपिया मिकेलीमा लडाकु फौजले नियन्त्रण जमाएपछि टिग्रे झण्डाको रङ पोतिएको घोडामा सवार एक मानिस। टिग्रे पीपल्स लिबरेशन फ्रन्ट र सरकारी फौजबीच भएको लडाइँमा हजारौँ मानिसको मृत्यु भएको छ।
Transparent line
अमेरिकाको मायामि फ्लोरिडामा ढल्न पुगेको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा अझ पनि खोजी र उद्धार कार्य जारी छ।

तस्बिर स्रोत, Giorgio Viera / AFP

तस्बिरको क्याप्शन, अमेरिकाको मायामि फ्लोरिडामा ढल्न पुगेको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा अझ पनि खोजी र उद्धार कार्य जारी छ। अझ पनि १४५ जना मानिस हराइरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले उद्धार कार्यका लागि एक महिनासम्म सङ्घीय सरकारले सहयोग उपलब्ध गराउने बताएका छन्।
Transparent line
क्यानडा दिवसकाका दिन टोरन्टो ओन्टारियोमा सहभागी आदिवासी कलाकार ड्यानियल मिगवान्स।

तस्बिर स्रोत, Carlos Osorio / Reuters

तस्बिरको क्याप्शन, क्यानडा दिवसकाका दिन टोरन्टो ओन्टारियोमा सहभागी आदिवासी कलाकार ड्यानियल मिगवान्स। बुधवार ब्रिटिश कोलम्बियाको एक पूर्व आवासीय स्कूलको चउर नजिकै१८२ वटा कुनै पहिचान नभएका आदिवासीको चिहान फेला परेको थियो। अनुसन्धान जारी रहेकाले थप त्यस्ता चिहान फेला पर्न सक्ने अपेक्षा गरेको आदिवासी नेताहरूले बताएका छन्।
Transparent line
कलाकार ल्यूक जेरामले बनाएको पृथ्वीको विशाल कलाकृतिमुनि बसेर तस्बिर खिचाएकी एक कर्मचारी।

तस्बिर स्रोत, Oli Scarff / AFP

तस्बिरको क्याप्शन, कलाकार ल्यूक जेरामले बनाएको पृथ्वीको विशाल कलाकृतिमुनि बसेर तस्बिर खिचाएकी एक कर्मचारी। यो कलाकृति केम्ब्रिजशायरस्थित एली कथेड्रलमा राखिएको छ। त्यसमा नासाले तयार पारे बमोजिमको पृथ्वीको सतहमा रहेका कुराहरू चित्रित छन्। उक्त ग्लोबको व्यास ७ मिटर रहेको छ।
Transparent line

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।