चीन: मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा १८ जनाको मृत्यु, हताहत हुनेमा अधिकांश बालबालिका

चीन

तस्बिर स्रोत, Getty Images

Published

चीनको एउटा मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको र १६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

हताहत हुने अधिकांश सातदेखि १६ वर्षका बालबालिकाहरू रहेको बताइएको छ।

उनीहरू खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए।

शुक्रवार बिहानै आगलागी भएको र हाल नियन्त्रणमा लिइसकिएको स्थानीय निकायहरूले जनाएका छन्।

घटनाको कारण के हो भन्ने कुरा भने स्पष्ट भइसकेको छैन।

झङ्छेङ्ग काउन्टी सरकारले आफ्नो आधिकारिक वीच्याट च्यानलमा दिएको संक्षिप्त विज्ञप्तिमा उक्त मार्सल आर्ट्स सेन्टरका एक अधिकारीलाई पक्राउ गरिएको जनाइएको।

सरकारी अधिकारीहरूले बीइङ्ग टोउटीआओ न्यूजलाई बताए अनुसार शुक्रवार बिहान ३ बजे आगलागी हुँदा आवासीय विद्यालयमा ३४ जना विद्यार्थी थिए।

घाइते विद्यार्थीहरूलाई तत्काल अस्पताल पुर्याइएको थियो।

रोयटर्स समाचार संस्थाले कुराकानी गरेको अभिभावकहरूले उनीहरूलाई आफ्ना बच्चाबारे कुनै जानकारी नदिइएको र बच्चालाई हेर्न पनि नदिइएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल डढेलोः एकै दिन झन्डै ५०० ठाउँमा, पानी नपरे 'झन् बढ्न सक्ने'