कोभिड नेपाल: थपिए ३३८४ जना सङ्क्रमित ६१ कोभिड बिरामीको मृत्यु बिरामी हुनेमा २१देखि ४० वर्षका अत्यधिक

खोप लगाउँदै

तस्बिर स्रोत, RSS

Published

नेपालमा गत चौबीस घण्टामा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन्। सोही अवधिमा मृत्यु हुनेको सङ्ख्या ६१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ६२९५ जना सङ्क्रमण मुक्त भएका छन्।

नेपालमा हालसम्म पुष्टि भएका कोभिड बिरामीको सङ्ख्या ६ लाख २२ हजार हाराहारीमा छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ हजारभन्दा केही बढी छ।

त्यस्तै कुल मृत्यु हुनेको सङ्ख्या ८ हजार तीन सय नाघेको छ।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ।

त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ४० प्रतिशत जति र पुरुष ६० प्रतिशतजति रहेका छन्।

हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या ११८९ रहेको छ भने भेन्टिलेटरमा ३६६ जना रहेको मन्त्रालयको तथ्याङ्क छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, डरलाग्दो बाटो हुँदै अक्सिजन सिलिन्डर मनाङ अस्पताल पुर्‍याइएको भिडिओ