कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने धेरै, थप १०६ जनाको मृत्यु

कोभिड

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप ६,९३९ जनामा कोरोनाभाइरस सङ्क्रमण र १०६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा झन्डै २१,००० जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको बिहीवार मन्त्रालयले जनाएको छ।

अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा सङ्क्रमणमुक्त हुने मानिसको सङ्ख्या बढी देखिएको छ। सो अवधिमा ७,२२६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ४२,००० नाघेको छ भने मृतकको सङ्ख्या ६,९५१ पुगेको छ।

बिहीवार प्रकाशित मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवहरूको सङ्ख्या पनि समाविष्ट भएको मन्त्रालयको भनाइ छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. २४ घण्टामा के भयो?.  जेठ १३ गते बिहीवार अपराह्णसम्मको तथ्याङ्क.

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १,१६,४७६ भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये झन्डै आठ हजार संस्थागत आइसोलेशनमा र बाँकी घरमै एकान्तवासमा छन्।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले १,६४५ जना बिरामी आईसीयूमा र ४५७ जना भेन्टिलेटरमा छन्।

अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये २८,००० जना काठमाण्डू उपत्यकाका तीन जिल्लामा छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'परीक्षाको तरिका र नयाँ मिति थाहा नभएपछि कसरी तयारी गर्ने?'

काठमाण्डू उपत्यकाभित्र नयाँ सङ्क्रमित फेला पर्ने क्रम केही दिनयता ओरालो लागेको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार अहिले काठमाण्डूमा १,७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जनामा कोभिड पुष्टि भएको हो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'श्रीमान् सङ्क्रमित छन्, आर्थिक अवस्था नाजुक छ, के गरेर खाने?'