कोभिड नेपाल: थप १४५ जनाको मृत्यु, दैनिक सङ्क्रमित र सङ्क्रमणमुक्त हुने सङ्ख्या ६७ सय हाराहारी

परीक्षण

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप ६,७१४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा १९,३५२ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको बुधवार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

सो अवधिमा ६,७१६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ जुन सङ्ख्या उल्लेखित कुल दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ।

नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३४.७ रहेको छ।

यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ र मृतकको सङ्ख्या ६,८४५ पुगेको छ।

अहिले पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

कोभिड

तस्बिर स्रोत, Reuters

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ११३, ललितपुरमा २४१ र काठमाण्डूमा १,१३९ गरी उपत्यकामा कुल १,४९३ जनामा कोभिड पुष्टि भएको हो।

मन्त्रालयका अनुसार अहिले देशभरि एक लाख १७ हजार सक्रिय सङ्क्रमण छ।

तीमध्ये एक लाख आठ हजार घरमै छन् भने ८,४५७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १,६७१ जना आईसीयूमा र तीमध्ये ४३४ जना भेन्टिलेटरमा छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, गुणस्तरहीन स्यानिटाइजर कसरी चिन्ने?
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मृत्युशय्याबाट ३४ वर्षीया आमाको अन्तिम सन्देश