कोभिड नेपालः थप २०३ जनाको मृत्यु, ८५ सयमा कोरोनाभाइरस सङ्क्रमण

कोभिड बिरामी

तस्बिर स्रोत, EPA

Published

नेपालमा थप ८,५२० जनामा कोरोनाभाइरस सङ्क्रमण र २०३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट २१,४७८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शुक्रवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

शुक्रवार काठमाण्डूमा २,४५८ जना, ललितपुरमा ५५६ जना र भक्तपुरमा ३३५ जना सङ्क्रमित थपिएका छन्।

केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,१३५ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले देशभरि एक लाख सात हजार ३६३ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि कोभिडका कारण कुल ४,६६९ जनाको मृत्यु हुँदा उपत्यकामा १,५४७ जनाले ज्यान गुमाएका छन्।

अहिले विभिन्न स्थानमा ८,४६७ जना बिरामी संस्थागत आइसोलशनमा छन्।

तीमध्ये १,३३४ जना बिरामी आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

साताभरि सङ्क्रमण दर र मृत्यु उच्च

मन्त्रालयका अनुसार यो साता आइतवारदेखि प्रकाशित दैनिक विवरणमा २४ घण्टामा बाहेक विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ।

Please wait...

Presentational white space
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

नेपालमा शय्या र आईसीयू कति?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८,९१७ छ।

देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ।

कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च