कोभिड नेपालः थप ८,९६० जनामा कोरोनाभाइरस सङ्क्रमण, २१४ को मृत्यु

कोभिड बिरामी

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप ८,९६० जनामा कोरोनाभाइरस सङ्क्रमण र २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

बिहीवार अपराह्ण मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

काठमाण्डू उपत्यकाका तीन जिल्लामा कोरोनाभाइरस. .  वैशाख ३० गते बिहीवार अपराह्णसम्मको विवरण.

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २०,००० भन्दा केही बढी परीक्षण गरिएकोमा त्यति सङ्ख्या सङ्क्रमित फेला परेका हुन्।

बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको थियो।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५,०५५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभरि एक लाख ५,२०७ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या ४२,६६६ छ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि कोभिडका कारण कुल ४,४६६ जनाको मृत्यु हुँदा उपत्यकामा १,४८० जनाले ज्यान गुमाएका छन्।

अहिले विभिन्न स्थानमा ८,८२८ जना बिरामी संस्थागत आइसोलशनमा छन्। तीमध्ये १,३८१ जना बिरामी आईसीयूमा र ३८० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कुल २०,२४५ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

बिहीवार सबैभन्दा बढी काठमाण्डूमा २,७३३ जनामा सङ्क्रमण पुष्टि भएको हो भने ललितपुरका ४८१ र भक्तपुरका ३४८ जनामा पुष्टि भएको छ।

दुई सयभन्दा बढी सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापामा २५८, मोरङमा ३५८, धनुषामा २०४, चितवनमा २९३, कास्कीमा २३७, दाङमा २१७, बाँकेमा २५२, रुपन्देहीमा ५१३ र कैलालीमा ३७० जनामा सङ्क्रमण पुष्टि भएको हो।

हाल ३३ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित र थप १८ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

Please wait

उमेरगत सङ्क्रमण र मृत्यु

उमेरगत हिसाबले बिहीवार सङ्क्रमण पुष्टि भएकाहरूमा २०९ जना १० वर्षमुनिका, ६२५ जना १० देखि १९ वर्षका, १,९४९ जना २० देखि २९ वर्षका र २,०६१ जना ३० देखि ३९ वर्षका रहेका छन्।

त्यस्तै १,६०० जना ४० देखि ४९ वर्षका, १,२०७ जना ५० देखि ५९ वर्षका र बाँकी १,१३८ जना ६० वर्षमाथिका छन्। ५४ जनाको उमेर खुलेको छैन।

मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म मृत्यु हुनेहरूमा २,५५६ जना ६० वर्षभन्दा माथिका व्यक्ति छन् भने ८०५ जना ५० देखि ५९ वर्षका र ५८० जना ४० देखि ४९ वर्षका छन्।

त्यस्तै २८ जना १० वर्षभन्दा मुनिका, २८ जना १० देखि १९ वर्षका र ३४० जना ३० देखि ३९ वर्षका छन्।

साताभर उच्च सङ्क्रमण र मृत्यु

मन्त्रालयका अनुसार यो साता आइतवारदेखि प्रकाशित दैनिक विवरणमा २४ घण्टामा बाहेक विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

शय्या र आईसीयू कति छ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८,९१७ छ।

देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ।

कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

के छ भारतको स्थिति?

भारत सरकारले बिहीवार बिहान प्रकाशित गरेको तथ्याङ्कअनुसार भारतमा अहिले ३७ लाखभन्दा बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

चौबीस घण्टाको अवधिमा ३.६२ लाख जनामा कोभिड पुष्टि भयो भने ४,१२० जनाको मृत्यु भयो। ती मृतकमध्ये ७४.३ प्रतिशत विभिन्न १० राज्यका हुन्।

अहिलेसम्म भारतमा २.५८ लाखभन्दा बढी सङ्क्रमितको कोभिड-१९ का कारणले मृत्यु भइसकेको छ।

अतिप्रभावित देशमध्ये दोस्रो शीर्ष स्थानमा रहेको भारतमा २.३७ करोड जनामा कोभिड पुष्टि भएको छ।

  • निको र स्थानान्तरणः ८३.२६%
  • सक्रियः १५.६५%
  • मृत्युः १.०९%

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यमा दुई लाख जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ। त्यहाँ २४ घण्टाको अवधिमा १८,००० जनामा कोभिड-१९ पुष्टि भएको भारत सरकारले प्रकाशित गरेको तथ्याङ्कमा उल्लिखित छ।