इजरेल भागदौडः पर्व मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ४४ जनाको मृत्यु

तस्बिर स्रोत, EPA
इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ४४ जनाको ज्यान गएको विवरण प्राप्त भएका छन्।
उत्तरी इजरेलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए।
आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्।
तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो।
यसपालि पनि धेरै भिडले गर्दा थप महामारी हुने हो कि भन्ने चिन्ताहरू व्यक्त गरिएको थियो।
















