मानिसको भौतिक मोहले चोट पुर्‍याएको पृथ्वीको दृष्यचित्र

उत्तरी ब्रजिलमा रहेको काराजस खानी क्षेत्रको स्याटेलाइट तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पृथ्वीमा रहेका सबैभन्दा ठूलोमध्ये एक ब्रजिलस्थित काराजास खानी जहाँ फलामको कच्चापदार्थ उत्खनन गरिन्छ
    • Author, रिचर्ड फिशर र जेभियर हर्सफेल्ड
    • Role, बीबीसी फ्यूचर
  • Published

जब हामी बहुमूल्य धातुका लागि, कोइलाजन्य ऊर्जाका लागि अथवा खनिज पदार्थका लागि पृथ्वी खोतल्छौँ, हामीले अर्को कुनै समयको अध्याय समाप्त पारेका हुन्छौँ।

लेखिका एस्ट्रा टेलरका शब्दमा भन्दा यी खनिजहरूले 'खाँदिएर बसेका पूर्वकाल' जनाउँछन्, तिनले कुनै कालको ज्वालामुखीको या उष्णप्रदेशीय जङ्गलको या अति तातो पानी बाहिर निस्कँदा खाँदिन पुगेको समयको कथा बोकेका हुन्छन्।

ती त्यस्तो अवस्थामा पुग्न दशौँ लाख वर्ष लाग्छ तर तिनलाई मशिन वा विस्फोटक पदार्थको प्रयोग गरेर उत्खनन गरेर निकाल्न क्षणिक प्रयत्न गरे पुग्छ।

मान्छेहरूले आफ्नो पैताला मुनिको जमिनभित्र गुप्त धन छ भन्ने महसुस गरेदेखि नै त्यहाँ भित्र के छ भन्ने खोज्न पृथ्वी खोतलिरहेका छन्।

खानीले हाम्रो आधुनिक जीवनको हरेक अंश सम्भव तुल्याइदिएको छ। तर त्यसले प्राकृतिक संसारलाई असर पारेको छ।

जब खानीले पारेको असर तपाईँ आफ्नै आँखाले हेर्नुहुन्छ अनि त्यसपछि तपाईँ आफूसँग भएका चिजबिजबारे सोच्न थाल्नुहुनेछ।

यी शब्दहरू पनि तपाईँकहाँ भौगर्भिक माध्यमबाटै आइपुगेका छन्: यो स्क्रीनको पछाडि राखिएको धातु दशौँ लाख वर्षदेखि चट्टानभित्र बन्द भएर रहेका वस्तु हुन्। र अहिले पनि संसारको कुनै कुनामा ती श्रोतका दोहन अझ बढी गहिरो खनेर भइरहेको छ।

तलका केही चित्रमा मानवीय गतिविधिका कारण पृथ्वीको सतहमा लागेका चोटहरू छन्।

कुनै अप्राकृतिक रङ्गिन बाँध छन् त कुनै मानवताका औँलाका चक्रजस्ता बनेका भू तस्बिरहरू।

यदि प्राचीन कच्चा पदार्थ र खनिजहरू खाँदिएको भूतकाल हो भने दुःखपूर्वक भन्नुपर्छ अब दागयुक्त भविष्यत्‌काल बाँकी छ।

संसारकै सबभन्दा ठूलो खानी क्षेत्र, जहाँ ८४ प्रकारका खनिज छन्, यो जिनजियाङ चीनमा '३ नम्बरको पेग्माटाइट' हो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, संसारकै सबभन्दा ठूलो खानी क्षेत्र, जहाँ ८४ प्रकारका खनिज छन्, यो जिनजियाङ चीनमा 'तीन नम्बरको पेग्माटाइट' हो
चीनको क्वीङ्घाइ प्रान्तस्थित एमरल्ड लेक जहाँ नुन र अरु खनिज ठूल्ठूला पोखरीमा त्यतिकै छोडिएका छन् त्यसले त्यहाँको पानी गहिरो हरियो रङ्‌को देखिएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीनको क्वीङ्घाइ प्रान्तस्थित एमरल्ड लेक जहाँ नुन र अरू खनिज ठूल्ठूला पोखरीमा त्यतिकै छोडिएका छन् त्यसले त्यहाँको पानी गहिरो हरियो रङ्‌को देखिएको छ
स्पेनको रियो टिन्टो ह्वेलस्थित फलाम खनिज रहेको खानीको हवाई तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्पेनको ह्वेलभा प्रान्त स्थित रियो टिन्टो खानी क्षेत्रमा फलाम खनिज
रियो टिन्टो ह्वेलभा प्रान्त स्पेनस्थित फलाम खनिज रहेको खानीको हवाई तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पानीमा मिसिएपछि फलाम खनिज यो भूक्षेत्रमा पानीचित्र झैँ फैलिएको देखिएको छ
रियो टिन्टो ह्वेलभा प्रान्त स्पेनस्थित फलाम खनिज रहेको खानी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जब यो खनिजमा हावा मिसिन्छ त्यो झन् बढी रातो बन्छ र गहिरो पानी हुँदा त्यो गाढा रङ्‌को देखिन्छ
संयु्क्त राज्य अमेरिकाको अमेरिकाको उटास्थित केनेकट कपर माइन पनि भनिने बिङ्घम केन्यन माइन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाको उटास्थित केनेकट कपर माइन पनि भनिने बिङ्घम केन्यन माइन अर्थात् एउटा विशाल चक्रजस्तो देखिएको खानी क्षेत्र
मेक्सिकोको ग्वेरेरो प्रान्तस्थित लस फिलोस सुन खानीको हवाई तस्बिर

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, मेक्सिकोको ग्वेरेरो प्रान्तस्थित लस फिलोस सुन खानी
ब्रजिलको अमेजनमा एसपरङ्का सुन खानी केन्द्र जुन मेङक्रागनोटि आदिवासी क्षेत्र नजिकै रहेको छ; यो अनौपचारिक सुन खानी क्षेत्र हो

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, ब्रजिलको अमेजनमा एसपरङ्का सुन खानी केन्द्र जुन मेङक्रागनोटि आदिवासी क्षेत्र नजिकै रहेको छ; यो अनौपचारिक सुन खानी क्षेत्र हो
दक्षिण पूर्वी पेरुको माड्रे डी डिओस नदी आधारमा गरिएको रासायनिक पदार्थ प्रयोग गरेर मासिएको जङ्गल क्षेत्रको तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेजन पेरुमा माड्रे डी डिओसको नदीको आधारमा गैरकानुनी रूपमा स्थापित सुन खानीका कारण मासिएको जङ्गल क्षेत्र
चिलिमा तामा खानीबाट तामा निकालपछिको उत्पादित हुने अन्य बस्तु भण्डारण गर्न प्रयोग गरिएको बाँध

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चिलेमा तामा खानीमा तामा उत्पादन गर्दा उत्पन्न हुने अन्य पदार्थ भण्डारण गर्न प्रयोग गरिएको बाँध
खानीका उप उत्पादन भण्डारण गर्न प्रयोग भएको बाँधको हवाई तस्बिर, चिलि

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चिलेको मु्ख्य निर्यातजन्य वस्तुमा तामा एक हो
रुसको युराल पर्वतस्थित ल्योभिखा गाउँ नजिकै रहेको जङ्गलको बीचमा अवस्थित हाल प्रयोगमा नरहेको कपर-सल्फाइड खानीबाट निस्केको सुन्तला रङ्गको पानीको हवाई तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुसको युराल पर्वतस्थित ल्योभिखा गाउँ नजिकै रहेको जङ्गलको बीचमा अवस्थित हाल प्रयोगमा नरहेको कपर-सल्फाइड खानीबाट निस्केको सुन्तला रङ्गको पानी
भारतको झारखण्ड प्रदेशमा मोहागामा नजिकै विशाल खुला कोइला खानीको दृष्य

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतको झारखण्ड प्रदेशमा मोहागामा नजिकै रहेको विशाल खुला कोइला खानी
एटि माइन वर्क्स नामको टर्कीको ड्रोन फोटो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टर्कीको एस्किसेहरस्थित एटि माइन वर्क्स जहाँ लिथियम तत्व निकालिन्छ। लिथियम ब्याट्रीको एउटा मुख्य तत्व हो
लामो समयदेखिको युरेनियम खानीको हवाई तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नामिबियाको द रसिङ यूरेनियम खानी, नामिबिया मरुभूमिमा रहेको यो खानी संसारकै सबैभन्दा ठूलो मध्येको एक खुला खाडल हो
रुसको मिर डायमण्ड माइन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुसस्थित हिउँ परेको यो मिर डायमण्ड माइन अर्थात् हिरा खानी हाम्रा भावी पुस्ताले कस्तो पाउलान्? उपभोगको हाम्रो यो विरासतलाई उनीहरूले के भन्लान्?

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।