नेपाल कोरोना भाइरसः थप ७७६ जनामा सङ्क्रमण, छ जनाको मृत्यु

तस्बिर स्रोत, EPA
विगत २४ घण्टामा नेपालभरि ७७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
मन्त्रालयका अनुसार ६,५८८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सो अवधिमा छ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ५१,६०० नाघेको छ।
तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।
मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि ९,५८० जनामा सक्रिय सङ्क्रमण छ।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,७४९ सङ्क्रमितको मृत्यु भएको छ।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।
अहिलेसम्म कुल दुई लाख ४०,३६३ सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।
अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९७.५ प्रतिशत छ।
गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।
को हुन् सङ्क्रमित?
अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ३०८ महिला र ४६८ पुरुष छन्।
अहिले काठमाण्डू उपत्यकामा ३६३ सङ्क्रमित भेटिएका हुन्।
काठमाण्डूमा ४,०८७ अनि भक्तपुरमा ३३३ र ललितपुरमा ७३५ जना निको हुन बाँकी सङ्क्रमित छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा






















