थपिए २,८२४ जना सङ्क्रमित, २३ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

Published

नेपालमा विगत २४ घण्टामा २८२४ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड-१९ का कारण २३ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कूल सङ्ख्या ९६० पुगेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३,०२३ जनाको पीसीआर परीक्षण गरिएको थियो।

शनिवार २,५०८ जनामा कोरोनाभाइरस पुष्टि भएको थियो।

शुक्रवार ३,५१७ जना सङ्क्रमित फेला परेका थिए जसमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकामा पुष्टि भएको थियो।

थपिएकामध्ये झन्डै ६० प्रतिशत काठमाण्डू उपत्यकाका

यो अवधिमा काठमाण्डू उपत्यकामा १,६२२ जना सङ्क्रमित थपिएका छन्।

कोरोनाभाइरस नेपाल

काठमाण्डूमा १,३६२ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा १६४ जना सङ्क्रमित थपिएका हुन्।

यही अवधिमा ३,६२० जना निको भएको बताइएको छ। योसँगै नेपालमा निको हुने दर ७७ प्रतिशत नाघेको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७,७६५ रहेको छ जसमध्ये संस्थागत आइसोलेशनमा ६७७९ जना र बाँकी ३०,९८६ जना घरमै रहेका छन्।

यसबीच सरकारले सरकारी अस्पतालहरूलाई कोभिडका बिरामीको उपचारका बेला धरौटी नमाग्न आदेश दिएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space