कोरोना भाइरस नेपालः विज्ञले किन देखे दशैँपछि 'चुनौतीपूर्ण' सरकार र नागरिकलाई यस्तो छ सुझाव

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Creative

Published

नेपालमा सोमवारसम्म कुल एक लाख ५९ हजार ८३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म एक लाख १५ हजार ६७५ जना कोरोनाभाइरस भएर निको भएका छन्।

निको हुने प्रतिशत ७२ दशमलव ४ प्रतिशत छ।

सोमवार १५ जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८६२ पुगेको छ।

कोरोनाभाइरस ब्यानर

गत भदौ २४ देखि प्रत्येक दिन एक हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित भएका थिए।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दा पीसीआर परीक्षण बढी गरिएको दिन सङ्क्रमित पनि धेरै फेला पर्ने गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस किन यति धेरै सङ्क्रामक?

के भन्छन् सङ्क्रामक रोग विशेषज्ञ?

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने बताउँछन्।

उनी भन्छन्, "परीक्षण कम हुने गरेकोले अबका दुई-तीन दिन कम देखिन सक्छ। त्यसपछि दशैँ सकेर आवतजावत बढेसँगै ह्वात्तै बढ्न सक्ने देखिन्छ।"

"आउँदा केही दिनमा दैनिक आठ-दश हजारसम्म पनि सङ्क्रमित देखिन सक्छन्," उनले थपे।

नेपालमा पहिलो लहर नै नियन्त्रणमा आइनसकेको भन्दै उनी यही लहर नै घातक हुन सक्ने बताउँछन्।

आउँदा दिनमा राज्य र नागरिक दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने डा. सुवेदीको सुझाव छ।

उनी भन्छन्, "आमनागरिकले सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने लगायत जनस्वास्थ्यका मापदण्डको पालना गर्नुपर्छ भने सरकारले परीक्षण र कन्ट्याक्ट ट्रेसिङ्ग बढाउनुपर्ने हुन्छ।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space