कोरोना भाइरस नेपालः थप ३१ सयमा कोभिड-१९ पुष्टि, १२ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

Published

नेपालमा विगत २४ घण्टामा ३,१६७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १५,४३८ वटा नमुना परीक्षण गरिएको थियो।

शनिवार पुष्टि भएका सङ्क्रमितमध्ये १,७४६ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख २९ हजारभन्दा बढी भएको छ।

विगत चौबीस घण्टाको अवधिमा थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।

योसहित नेपालमा अहिलेसम्म ७२७ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

सक्रिय सङ्क्रमितमध्ये २९० जना सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन्।

कोरोनाभाइरस

कति जना भए निको?

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टाको अवधिमा देशभरि १,८०० सङ्क्रमित रोगमुक्त भएका छन्।

अहिलेसम्म ८९,८४० जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.४ प्रतिशत हो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

गत शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो।

त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।

कति छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि ३८,७३७ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १३,२९९ जना संस्थागत आइसोलेशनमा र बाँकी २५,४३८ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यसरी बढिरहेको छ कोरोनाभाइरस . नेपालमा कोभिड-१९ महामारी.  .
Presentational white space

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

शनिवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डू जिल्लाका १,४५१, भक्तपुरका १४३ र ललितपुरका १५२ जना रहेका छन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ नाघ्यो।