कोरोना भाइरस नेपालः २४ घण्टामा १,३५१ सङ्क्रमित थपिए, कुल सङ्क्रमित सङ्ख्या झण्डै पौने लाख

तस्बिर स्रोत, RSS
Published
नेपालमा विगत २४ घण्टामा १,३५१ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार सो अवधिमा चार जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको छ।
देशभरि कुल सङ्क्रमित ७४,७४५ जना रहेका छन्।
संस्थागत र होम आइसोलेशनमा गरी देशभरि १९,६२४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ७४२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन्।
हालसम्म निको हुनेको सङ्ख्या ५४,६४० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


















