कोरोना भाइरस: नेपालमा थप १५६ जना सङ्क्रमित

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

Published

विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप १५६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,६५८ पुगेको छ।

तीमध्ये ११,६९५ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

शनिवार ५७ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको थियो।

विगत २४ घण्टामा ५८ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,९२३ मानिस देशभरि आइसोलेशनमा छन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

कोरोनाभाइरस

नेपालमा सबै ७७ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भए पनि अहिले आठ जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य भएको छ। ती जिल्लाहरू भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन्।

सक्रिय सङ्क्रमित ५०० भन्दा बढी भएका जिल्लाहरूमा रौतहट, कैलाली र बाजुरा रहेका छन्।

प्रदेश अनुसार सबैभन्दा बढी सक्रिय सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा रहेको छ। त्यहाँ २,३७७ जना सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश नं २ मा १,८८६ जना रहेका छन्।

त्यस्तै प्रदेश नं १ मा ७९, वागमतीमा ४१०, गण्डकीमा ४२८, प्रदेश नं ५ मा ४४७ र कर्णाली प्रदेशमा २९६ जना सक्रिय सङ्क्रमित रहेका छन्।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ३,७४१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ३,१५,५७० जनाको पीसीआर परीक्षण गरिएको छ।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

साउन ४ गते आइतवार अपराह्णसम्मको तथ्याङ्क

  • १७,६५८कुल सङ्क्रमण

  • ५८२४ घण्टामा घर फिर्ता

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ३,७४१

  • सक्रिय सङ्क्रमित५,९२३

  • देशभरि क्वारन्टीनमा२२,६६२

  • अहिलेसम्म निको११,६९५

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २२,००० भन्दा केही बढी छ।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?