साताका चर्चित तस्बिर: १३-१९ जून २०२०

Published

विश्वभर यो साता लिइएका केही चाखलाख्दा तस्बिर।

ढाकास्थित एउटा कपाल काट्ने सलुन

तस्बिर स्रोत, Mohammad Ponir Hossain / Reuters

तस्बिरको क्याप्शन, कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि व्यक्तिगत सुरक्षा सामग्री लगाएर बाङ्लादेशको ढाकास्थित कपाल काट्ने सलुनमा काम गरिरहेका हजाम
घाइते व्यक्तिलाई सुरक्षित स्थलतर्फ लैजाँदै

तस्बिर स्रोत, Dylan Martinez / Reuters

तस्बिरको क्याप्शन, 'ब्ल्याक लाइभ्स म्याटर' भनेर आयोजित विरोध प्रदर्शन रोक्न खटिएका एकजना व्यक्तिलाई बोक्दै प्रदर्शनकारी। घाइतेलाई सहायता गरेको भन्दै यी प्रदर्शनकारीको सामाजिक सञ्जालमा एकदमै प्रशंसा भएको थियो।
संयुक्त सम्पर्क कार्यालय ध्वस्त पारिएको छ

तस्बिर स्रोत, KCNA / Reuters

तस्बिरको क्याप्शन, उत्तर कोरियाली नेता किम जङ-अनकी बहिनी किम यो-जङले दक्षिण कोरियाविरुद्ध प्रत्यक्ष धम्की दिएपछि उत्तर कोरियाको सीमावर्ती सहर गेसङमा रहेको संयुक्त सम्पर्क कार्यालय ध्वस्त पारिएको थियो।
घरबाटै दीक्षान्त समारोह मनाउँदै एक परिवार

तस्बिर स्रोत, Caitlin Ochs / Reuters

तस्बिरको क्याप्शन, न्यूयोर्कको ब्रुकलिनस्थित घरबाटै विद्यालयको दीक्षान्त समारोहमा सहभागिता जनाएकी छोरीमाथि रङ्गीचङ्गी कागजका टुक्रा छरेर खुशी मनाउँदै एक पिता। कोरोनाभाइरसका कारण अहिले यस्ता समारोहहरू घरबाटै गरिएका छन्।
घरभित्रै घोडामा चढेका एक ३ वर्षीय बालक

तस्बिर स्रोत, Paul Childs / Reuters

तस्बिरको क्याप्शन, दर्शक बिना भएको घोडा दौड रोएल एसकट टेलिभिजनबाट प्रसारण भइरहेका बेला आफ्नै घरमा घोडामाथि बसेर उक्त दौड हेर्दै एक तीन वर्षीय बालक
इस्तानबुलस्थित रेस्टुरेन्टमा खाना खाँदै ग्राहक

तस्बिर स्रोत, Erdem Sahin / EPA-EFE

तस्बिरको क्याप्शन, टर्कीमा कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध खुकुलो पारिँदै गर्दा इस्तानबुलस्थित एउटा रेस्टुरेन्टमा ग्राहकलाई सामाजिक दूरी कायम गर्न प्लास्टिकले बेरेर बनाइएका भोजनस्थल
हङकङस्थित डिज्नील्याण्डमा तस्बिर खिच्दै पर्यटक

तस्बिर स्रोत, Anthony Wallace / AFP

तस्बिरको क्याप्शन, झण्डै पाँच महिनापछि खुलेको हङकङस्थित डिज्नील्याण्डमा सेल्फी खिच्दै पर्यटक
अर्जेन्टिनाको ब्यूनस आयर्सस्थित व्यापरिक केन्द्रअगाडिबाट हिडिरहेका एक पुरुष

तस्बिर स्रोत, Juan Ignacio Roncoroni / EPA-EFE

तस्बिरको क्याप्शन, कडा प्रतिबन्ध लगाइएको अर्जेन्टिनाको ब्यूनस आयर्सस्थित एउटा बन्द व्यापारिक केन्द्र। उक्त क्षेत्रका अन्य देशको तुलनामा अर्जेन्टिनामा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या कम छ।
चेस्टर चिडियाखानामा जिराफ

तस्बिर स्रोत, Peter Byrne / PA Media

तस्बिरको क्याप्शन, इङ्गल्याण्डमा लकडाउन खुकुलो पारिएसँगै त्यहाँको चेस्टर चिडियाखानास्थित जिराफ रहेको घरको ढोका खोलिदिँदै एक महिला।
म्यान्चेस्टर सिटीका प्रशंसकहरू इतिहाड रङ्गशालामा भएको खेल ठूलो पर्दामा हेर्दै

तस्बिर स्रोत, Laurence Griffiths / AFP

तस्बिरको क्याप्शन, इङ्गल्याण्डमा प्रिमियर लिग पुन: सुरु भएसँगै इतिहाड रङ्गशालामा भएको खेल घरमै बसेर ठूलो पर्दामा हेर्दै खेलप्रेमीहरू।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित