कोरोना भाइरस नेपाल: थप २५ जनामा कोभिड-१९ पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या ४२७ पुग्यो

तस्बिर स्रोत, RSS
नेपालमा थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार कोभिड-१९ पुष्टि हुने मानिसको कुल सङ्ख्या ४२७ पुगेको छ। तीमध्ये ३५८ जना पुरुष र ६९ महिला हुन्।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जनामा कोभिड-१९ पुष्टि भएको हो।
उनीहरू तीनदेखि ४८ वर्षका व्यक्ति भएको जानकारी उनले दिए।
अहिलेसम्म ३७ जिल्लामा सङ्क्रमित भेटिएका छन्।
कोभिड-१९ पुष्टि भएकामध्ये ४५ जना भाइरसमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

उदयपुरमा फेला परेका आठ सङ्क्रमित निको भएर अस्पतालबाट बुधवार बिदा भएको मन्त्रालयले जनाएको छ।
मङ्गलवार नेपालमा २७ जना र अघिल्लो दिन ८० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
अहिले सबै प्रदेशमा कोभिड-१९ भेटिएको छ।
प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।

तस्बिर स्रोत, RSS
अहिले प्रदेश नं ५ मा सर्वाधिक १४,२६२ जना क्वारन्टीनमा छन्।
त्यसपछि प्रदेश नं २ मा ४,१४४, सुदूरपश्चिम प्रदेशमा १,९०९ र प्रदेश नं १ मा १,३०४ जना छन्।
जेठ ७ गते बुधवार अपराह्ण बजेसम्मको तथ्याङ्क
४२७कुल सङ्क्रमण
२कुल मृत्यु
पीसीआर विधिबाट परीक्षण ३५,४९४
चिकित्सकीय निगरानीमा अलग्गै३८०
देशभरि क्वारन्टीनमा२३,२०२
अहिलेसम्म कोरोनाभाइरसमुक्त भएका सङ्क्रमित४५
सबैभन्दा कम वाग्मती प्रदेशमा ३५३, गण्डकी प्रदेशमा ४६६ र कर्णाली प्रदेशमा ७६४ जना क्वारन्टीनमा छन्।
अधिकांश सङ्क्रमण सीमावर्ती जिल्लामा देखिएको छ।

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा






















