तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोराना भाइरस दक्षिण कोरिया: सङ्क्रमणको 'दोस्रो लहर' फैलिने त्रास, सोलमा मदिरालय र क्लब फेरि बन्द
दक्षिण कोरियाको राजधानी सोलमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या फेरि बढ्न थालेपछि मदिरालय र क्लबहरू बन्द गरिएका छन्।
सङ्क्रमणको दोस्रो लहर फैलिन सक्ने त्रासमाझ देशमा हिँडडुल र अन्य गतिविधि गर्न केही खुकुलो पारिएको थियो।
आइतवार त्यहाँ ३४ जनामा कोभिड-१९ भएको पुष्टि भयो। यो एक महिनाभित्र एक दिनमा पुष्टि भको सर्वाधिक सङ्ख्या हो।
अहिलेसम्म त्यहाँ १०,८७४ जनामा कोभिड-१९ पुष्टि भएको छ।
पहिला कोरोनाभाइरसको प्रकोप फैलिएपछि दक्षिण कोरियाले प्रभावकारी रणनीति अवलम्बन गर्दै त्यसलाई नियन्त्रण गरेको थियो।
तर प्रतिबन्धहरू खुकुलो पारिएको केही दिनपछि फेरि सङ्क्रमण फैलिन सक्ने भन्दै सोलका नगरप्रमुखले सबै बार र क्लब बन्द गर्न निर्देशन दिए।
अहिले सङ्क्रमण वृद्धि हुनुमा गत सप्ताहान्त मनोरञ्जन गर्न राति बाहिर गएका एक २९ वर्षीय पुरुषसँग सम्बन्ध भएको देखिएको छ।
त्यहाँ स्वास्थ्यसेवाका अधिकारीहरूले ती व्यक्ति गएको स्थानमा गएका अन्य १,५१० मानिसलाई पहिचान गर्न तथा उनीहरूको परीक्षण गराउन प्रयास गरिरहेका छन्।
आइतवार राष्ट्रपति मुन जे-इनले नयाँ सङ्क्रमणले पुन: पहिलाको जस्तो परिस्थिति उत्पन्न हुनसक्ने सम्भावनाबारे सचेत गराएको बताएका छन्।
आफ्नो सम्बोधनमा उनले कोरोनाभाभाइरस पूर्णत: नसकिएसम्म देश सतर्क हुनुपर्ने बताए।
दक्षिण कोरियामा केही समय कोरोनाभाइरस सङ्क्रमण अत्यासलाग्दो गरी फैलिएको थियो। चीनपछि त्यहाँ कोभिड-१९ भएका मानिसको सङ्ख्या सर्वाधिक थियो।
तर व्यापक परीक्षण, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य मानिसको पहिचान र व्यक्तिगत दूरी जस्ता उपाय अवलम्बन गरेर सरकारले महामारीलाई नियन्त्रणमा ल्यायो।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ